
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँगको सम्झौता हुन नसक्नुमा अमेरिकी अधिकारीहरू नै दोषी रहेको बताएका छन् । मंगलबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग दूरवाणी (फोन)मा कुरा गर्दै उनले यस्तो धारणा राख्नुभएको इरानी समाचार संस्थाले जनाएको छ।
गएको हप्ता पाकिस्तानको इस्लामावादमा इरान र अमेरिकाबीच महत्त्वपूर्ण छलफल भएको थियो। राष्ट्रपति पेजेस्कियानका अनुसार त्यो छलफलमा कुनै सहमति हुन सकेन। उनले भने , “अमेरिकी उच्च अधिकारीहरूमा राजनीतिक इच्छाशक्तिको कमी छ र उनीहरू कुरालाई बढाइचढाइ गरिरहेका छन्, जसले गर्दा सहमति हुन सकेन।”
राष्ट्रपति पेजेस्कियानले फ्रान्सेली राष्ट्रपति म्याक्रोनलाई स्पष्ट पार्दै भने इरान वार्ता जारी राख्न तयार छ। तर, यो वार्ता अन्तर्राष्ट्रिय कानुनको परिधिभित्र रहेर र इरानी जनताको अधिकार सुरक्षित हुने गरी मात्र हुनुपर्छ। उनले अगाडी भने धम्की, दबाब वा सैन्य कारबाहीले कुनै पनि समस्या सुल्झाउन सक्दैन।
इरानी राष्ट्रपतिको भनाइअनुसार अमेरिकाले अपनाइरहेको दबाबको नीतिले समस्यालाई झन् जटिल बनाइरहेको छ। उनले भने , “धम्कीपूर्ण बाटोले समस्या सुल्झाउनुको साटो उल्टै बल्झाउँछ, जसले स्वयं अमेरिकालाई नै बढी घाटा पुर्याउँछ।”
दुई देशबीच झगडा मिलाउन पाकिस्तानमा बैठक बसेको थियो। तर इरानका अनुसार अमेरिकाले इमानदार भएर कुरा नगरेकाले त्यो बैठक सफल हुन सकेन।
प्रतिक्रिया