ट्रम्पलाई अदालतबाट ठुलो झट्का: वाल स्ट्रिट जर्नल विरुद्धको १० बिलियन डलरको मानहानी मुद्दा खारेज

इनेप्लिज २०८२ चैत ३० गते १४:१२ मा प्रकाशित

फ्लोरिडा, अमेरिका । अमेरिकी संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘वाल स्ट्रिट जर्नल’ र सॅचार माध्यमका चर्चित मिडियारुपर्ट मर्डोक विरुद्ध दायर गरेको १० बिलियन डलरको मानहानी मुद्दा खारेज गरिदिएको छ। 

चर्चित अपराधी जेफ्री एपस्टिनसँगको सम्बन्धबारे प्रकाशित एक समाचारलाई लिएर ट्रम्पले उक्त मुद्दा दायर गरेका थिए।

फ्लोरिडाका संघीय न्यायाधीश डारिन पी. गेल्सले सोमबार जारी गरेको आदेशमाट्रम्प पक्षले उक्त समाचार ‘दुर्भावपूर्ण मनसाय’ का साथ प्रकाशित गरिएको भन्ने ठोस तर्क वा प्रमाण पेश गर्न नसकेको उल्लेख गरेका छन्। 

यद्यपि, अदालतले ट्रम्पलाई आफ्नो उजुरीमा सुधार गरी पुनः पेश गर्ने मौका भने दिएको छ।

ट्रम्पले गत जुलाईमा यो मुद्दा दायर गरेका थिए। वाल स्ट्रिट जर्नलले सन् २००३ को एउटा एल्बम( चित्रावली )भेटिएको एक पत्रबारे समाचार छापेको थियो, जुन एपस्टिनको ५०औँ जन्मदिनको अवसरमा तयार पारिएको थियो। 

उक्त पत्रमा ट्रम्पको हस्ताक्षर रहेको र त्यसमा यौनजन्य आशयका शब्दहरू रहेको दाबी गरिएको थियो। 

पछि अमेरिकी कंग्रेसले एपस्टिनको सम्पत्ति र कागजातहरू कब्जा गर्ने क्रममा यो पत्र सार्वजनिक गरेको थियो।

एपस्टिन मिसिल(फाइल)हरु सार्वजनिक भएपछि उत्पन्न परिस्थितिलाई सम्हाल्न र आफू विरुद्ध आलोचनात्मक रिपोर्टिङ गर्ने सञ्चारमाध्यमलाई कानुनी बाटोबाट रोक्ने ट्रम्पको प्रयासमा यसले पूर्णविराम लगाइदिएको छ।

प्रतिक्रिया