आफूले आफैंलाई चिन्ने अवसर: बाना र जीवन विज्ञानको सहकार्यमा ‘स्वसंवाद’ कार्यक्रम आयोजना हुने

इनेप्लिज २०८२ चैत २९ गते ११:१५ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहर स्थित स्थित तथा मेरिल्याण्डको छाता संगठन बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को शिक्षा विभागले जीवन विज्ञान अमेरिकासँगको सहकार्यमा एक हप्ता लामो ‘स्वसंवाद’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

यो कार्यक्रम विशेष गरी व्यक्तिले आफूभित्रको संसारलाई बुझ्न र जीवनमा सकारात्मक परिवर्तन ल्याउन केन्द्रित रहनेछ।

के हो स्वसंवाद?

स्वसंवाद भनेको आफैंसँग गरिने गहिरो र अर्थपूर्ण कुराकानी हो। आयोजकका अनुसार यो कुनै धार्मिक कार्यक्रम नभएर विशुद्ध एक शैक्षिक कार्यक्रम हो। यसले सहभागीहरूलाई “मभित्र के चलिरहेको छ?”, “म किन कमजोर महसुस गरिरहेको छु?” र “जीवनमा सुख, शान्ति र समृद्धि कसरी प्राप्त गर्ने?” भन्ने जस्ता महत्वपूर्ण प्रश्नहरूको उत्तर खोज्न मद्दत गर्नेछ।

कार्यक्रमको उद्देश्य र स्वरूप :

यो कार्यक्रम जुम ( परोक्ष)मार्फत सञ्चालन गरिनेछ, जसले गर्दा सहभागीहरू आफ्नै घरबाट जोडिन सक्नेछन्। एक हप्तासम्म चल्ने यस सत्रले मानिसलाई आफ्नो आन्तरिक क्षमता चिन्न र जीवनका विभिन्न क्षेत्रमा सफल बन्न सचेत बनाउने उद्देश्य राखेको छ।

कार्यक्रममा सहभागी हुनका लागि साधारण शुल्क ७५ डलर तोकिएको छ। यद्यपि, बानाका सदस्यहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। बानाका सदस्यहरूले मात्र ५० डलरमा यस कार्यक्रममा भाग लिन सक्नेछन्। सदस्यहरूले दर्ता गर्दा अतिरिक्त दान अर्थात् “Additional Donation” को ठाउँमा २५ डलर राखेर यो छुट प्राप्त गर्न सक्नेछन्।

इच्छुक सहभागीहरूले विस्तृत जानकारी र दर्ताका लागि बानाको आधिकारिक सिक्री (लिङ्क )bit.ly/hamrobana मा जान सक्नेछन्।

Proceed to Payment गरेपछि $25 को Cart Discount मा क्लिक गरेर छुट लिनुहोला :l

यही शुक्रबार १७ तारीख़ देखि २५ तारीख़ सम्म

हरेक दिन : सॉंझ ८ बजेदेखि ९:३० बजे (पूर्वीय समय)

आवेदन पत्र भर्न यहाँ थिच्नु होला :

https://jvusa.org/events/21th-swasamvaad-%E0%A5%A8%E0%A5%A7%E0%A4%94%E0%A4%82-%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%B8%E0%A4%82%E0%A4%B5%E0%A4%BE%E0%A4%A6/

तस्बिर : कृतिम बुद्धिमत्ता : एआई

प्रतिक्रिया