
नेपालको राजनीतिक आकाशमा यतिबेला दशकौँ देखि जरो गाडेर बसेका शक्तिहरूलाई हल्लाएको मात्र छैन, नयाँ आशाको दियो समेत बालेको छ। यो केवल राजनीतिक परिवर्तन मात्र होइन, यो त परिवर्तनका लागि आतुर नेपाली जनताको ‘शक्तिशाली विद्रोह’ हो।
राष्ट्रिय स्वतन्त्र पार्टी(दल)का वरिष्ठ नेता बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी सभापति का रवि लामिछाने—अहिले यी दुई नाम नेपाली राजनीतिको पर्याय बनिसकेका छन्।
उनीहरू जहाँ पाइला टेक्छन्, त्यहाँ मानिसहरूको यस्तो विशाल जनसागर ओइरिन्छ कि सडकहरू मानवसागरले भरिन्छन्। विरोधीहरूले यसलाई सामाजिक संजालको भिड’ भनेर होच्याउन खोजे पनि चितवनमा ८ दलको चक्रव्यूहलाई चिर्दै रविले गत निर्वाचनमा प्राप्त गरेको शानदार मत र काठमाडौँमा बालेनले पाएको ऐतिहासिक साथले जनताको असली शक्ति प्रमाणित गरिसकेको छ।
अहिले रबि र बालेनको आकर्षणयसरी बढेको छ कि उनलाई देख्न मात्रै पनि मानिसहरू घरका छत र रुखका हाँगासम्म चढ्ने गरेका छन्। छुन चाहन्छन् र स्वयम् को तस्बिर खिच्न चाहन्छन् ।
२०८२ को भदौमा भएको ‘जेन्जी आन्दोलन’ नेपालको इतिहासको एउटा निर्णायक मोड हो। भ्रष्टाचार र दमनका विरुद्ध सडकमा उत्रिएका ७६ जना होनहार युवाहरूको बलिदानले एउटा नयाँ युगको जग बसाएको छ। तिनै शहिदका अधुरा सपना र युवाहरूको सुन्दर भविष्य जोगाउन अहिले बालेन र रविले काँधमा काँध मिलाएका छन्। त्यो जनआक्रोश यति विशाल थियो कि तत्कालीन शक्तिले समेत घुँडा टेक्नुपर्यो।
आगामी फागुन २१, २०८२ मा हुने निर्वाचन कुनै सामान्य मतदान मात्र होइन। यो त ३५ वर्षसम्म देशको भविष्यमाथि रजाइँ गर्ने पुराना अनुहार र नयाँ सपना बोकेका युवाहरू बीचको ऐतिहासिक महासंग्राम हो। झापा-५ मा अपदस्त पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिड्ने बालेनको निर्णयले नेपाली राजनीतिमा एउटा नयाँ साहसको सन्देश दिएको छ।
बालेनले स्थापित गरेको सुशासन र रविले जगाएको भ्रष्टाचार विरोधी चेतना अब सिङ्गो देशको मूलमन्त्र बन्दैछ। जनता अब फोस्रा आश्वासन होइन, परिणाम चाहन्छन्। अबको प्रश्न यो मात्र हो— के फागुन २१ को सूर्योदयले नेपाललाई नयाँ प्रधानमन्त्रीको रूपमा बालेन शाह उपहार दिनेछ?-

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया