
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा असम्भव मानिएको चुनाव जित्दा विश्व चकित बन्यो। उनले लामो भाषणभन्दा सिधा र कडा प्रश्न उठाए— “३० हजार इमेल खै?” अर्थात् ३० हजार बिधुतिय डाक किन मेटाएको प्रश्न सोधेको सोधै गरे ।
यिनै प्रश्नले अमेरिकामा डेमोक्र्याट र मतदातालाई भ्रमित बनाउनुको साथै उनका समर्थकलाई सशक्त मुद्धा बनायो र जनताको समर्थन पाए। र शानदार बिजयी भए । हिलारी क्लिन्टन जस्ता प्रभावशाली उम्मेदवारलाई हराई छाडे ।
नेपालमा पनि अहिले यस्तै राजनीतिक मोड देखिएको छ। ३५ वर्षदेखि पालैपालो शासन गर्दै आएका तीन ठूला दलप्रति जनताको विश्वास घट्दै गएको छ। नयाँ शक्तिले स्पष्ट र आक्रामक प्रश्न उठाए राजनीति नै बदलिन सक्ने संकेत देखिन्छ।
आज नेपालमा पनि ठ्याक्कै त्यस्तै ‘राजनीतिक भूकम्प’को आवश्यकत देशलाई आफ्नो मुठ्ठीमा राख्ने ‘सिन्डिकेट’लाई उखेल्न अब हरेक मतदाताले ब्रह्मास्त्र प्रश्न सोध्ने बेला आएको छ।
जेन-जी आन्दोलनमा ढालिएका ७६ जना निर्दोष युवाहरूको रगतको मूल्य के हो ? ती कलिला विद्यार्थीहरूलाई गोली थाप्न बाध्य पार्ने अपराधी को हुन्? नेताहरू सिंहदरबारको सिसा फुट्दा र एउटा भवन जल्दा “देशै सकियो” भनेर रुवाबासी गर्छन्, तर ७६ परिवारको सिन्दूर पुछिँदा र काख रित्तिँदा किन मौन छन्? के सत्ताको कुर्सी ती युवाहरूको जीवनभन्दा ठूलो हो?
जेन–जी आन्दोलनका क्रममा मारिएका ७६ निर्दोष युवा र विद्यार्थीको जिम्मेवारी कसले लिने? राष्ट्रिय स्वतन्त्र पार्टी(दल)का सभापति रवि लामिछानेलाई किन जेल हालियो? किन अदालत देखि अर्को अदालत घुमाएको घुमाए गरेको जस्ता प्रश्न जनताले गरि रहेका छन् । यसलाई नै मुख्य मुद्धा बनाएर उम्मेदवारहरुलाई सोधी रहेका छन् । तर यतिले पुग्दैन । फागुन २० गरे सम्म सोधी रहनु पर्छ । अनि यसले काम गर्छ ।
अहिले मैदानमा के यो कानुनी कारबाही हो कि राजनीतिक प्रतिशोध ? नागरिकहरू स्पष्ट जवाफ खोजिरहेका छन्। र ,यहि जिज्ञाशा ३ दलका नेताहरुलाई प्रश्न गरि रहेका छन् । रविको प्रमण छ भन्ने संसदमा बोल्ने नेपाली कांग्रेसका वर्तमान सभापति गगन थापा संग जनताले सोधिरहेका छन्— “खै त ती प्रमाण? रवि लामिछानेलाई कुन आधारमा थुनियो?” यदि प्रमाण छ भने सार्वजनिक गर्ने हिम्मत छ ?
यी प्रश्नहरू चोक–गल्लीमा गुञ्जिनु पर्छ । अब चुनाव केवल मतदान होइन, यो न्याय, जवाफदेहीता र परिवर्तनको लडाइँ बन्ने देखिएको छ ।
अबका उम्मेदवारले चोक-चोकमा जवाफ दिनुपर्नेछ। फागुन २१ को चुनाव साधारण मतदान होइन; यो त ३५ वर्षको ब्रह्मलुट र मारिएका ७६ सहिदको बदला लिने एउटा महायुद्ध हो।
२७ घण्टामा सरकार ढाल्ने युवाहरूको तागत अब मतपत्रमा देखिनुपर्छ। यदि हामीले पनि ट्रम्पले झैँ सिधा र कडा ‘घन’ प्रहार गर्ने हो भने, पुराना दलहरूको साम्राज्य बालुवाको घर झैँ भत्किने निश्चित छ।

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया