राष्ट्रपति ट्रम्पको कडा आक्रोश: ‘देशको सुरक्षा कमजोर पार्ने रिपब्लिकनहरूलाई लाज मान्नुपर्छ!’

इनेप्लिज २०८२ पुष २४ गते १९:४३ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले केही रिपब्लिकन सिनेटरहरूमाथि कडा आक्रोश व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत तीव्र टिप्पणी गरेका छन्। 

उनले डेमोक्र्याटहरूसँग मिलेर अमेरिकाको रक्षा र सुरक्षा गर्ने राष्ट्रपतिको अधिकार कमजोर बनाउने प्रयास गरेको भन्दै ती सिनेटरहरूलाई लाज मान्नुपर्ने बताएका छन्।

उनले विशेष रूपमा सुसन कोलिन्स, लिसा मर्कोव्स्की, र्यान्ड पल, जोश हाउली र टोड यंग को नाम लिँदै यिनीहरू फेरि कहिल्यै कुनै सार्वजनिक पदमा निर्वाचित नहुनुपर्ने टिप्पणी गरेका छन्।

राष्ट्रपति ट्रम्पका अनुसार यो मतदानले अमेरिकाको आत्म-रक्षा क्षमता र राष्ट्रिय सुरक्षामा गम्भीर असर पुर्‍याएको छ। 

साथै, यसले राष्ट्रपतिलाई कमाण्डर-इन-चीफ( प्रमुख)को रूपमा दिइएको संवैधानिक अधिकारलाई कमजोर बनाउने प्रयास गरेको उनले आरोप लगाए।

उनले युद्ध अधिकार ऐनलाई पूर्ण रूपमा असंवैधानिक भन्दै यो संविधानको धारा २ को उल्लङ्घन भएको बताएका छन्। 

ट्रम्पले भने, आफूभन्दा अघिका सबै राष्ट्रपतिहरू र उनीहरूको न्याय विभागले पनि यसलाई असंवैधानिक मानेको उल्लेख गरे।यद्यपि, उनले यसै विषयमा अर्को साता सिनेटमा अझ महत्वपूर्ण मतदान हुन गइरहेको जानकारी पनि दिएका छन् ।

प्रतिक्रिया