
भेनेजुएलाका आन्तरिक मामिला मन्त्री डियोसडाडो काबेलोले एक सनसनीपूर्ण जानकारी दिँदै अमेरिकी आक्रमणमा परेर आफ्नो देशका कम्तीमा १०० जना मानिस मारिएको बताएका छन् ।
सिएनएनका प्रकाशित समाचार अनुसार बुधबार ढिलो गरी सार्वजनिक गरिएको यस तथ्यांकले अमेरिकाले राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्न गरेको कारवाही कति हिंस्रक थियो भन्ने देखाउँछ।
मन्त्री काबेलोका अनुसार, यो संख्या अहिले सम्मको प्रारम्भिक तथ्यांक मात्र हो र मृतकको संख्या अझै बढ्न सक्छ। उनले भने , “अहिलेसम्म १०० जनाको मृत्यु भइसकेको छ र लगभग त्यति नै संख्यामा मानिसहरू घाइते भएका छन्।” अमेरिकाले राष्ट्रपति मदुरोलाई पक्राउ गरी अमेरिका लैजाने क्रममा यो भीषण आक्रमण भएको थियो।
मारिनेहरूमा धेरैजसो भेनेजुएलाका सुरक्षाकर्मी र केही सर्वसाधारण नागरिकहरू समेत रहेको बताइएको छ। मन्त्री काबेलोले यस घटनालाई आफ्नो देशको सार्वभौमसत्तामाथिको ठूलो प्रहार र निर्दोषहरूको हत्याको रूपमा चित्रण गरेका छन् । यता अमेरिकाले भने यो आफ्नो एउटा ‘कानुनी कारवाही ‘ भएको दाबी गर्दै आएको छ।
अहिले भेनेजुएलाका अस्पतालहरू घाइतेहरूले भरिएका छन् ।
प्रतिक्रिया