
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको करोडौँ ब्यारेल तेल अमेरिकालाई बुझाउनुपर्ने योजना सार्वजनिक गरेपछि चीनले यसको कडा विरोध गरेको छ। चीनका अनुसार यो कदम अन्तर्राष्ट्रिय कानुनको विरुद्धमा छ र यो एक प्रकारको “दादागिरी” हो।
चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता माओ निङले बुधबार भनिन् “भेनेजुएला एउटा स्वतन्त्र देश हो र आफ्नो देशको प्राकृतिक स्रोत (तेल) मा उसको आफ्नै अधिकार हुन्छ।”
उनले अमेरिकाले आफ्नो ‘अमेरिका फस्ट’ (अमेरिका पहिलो) भन्ने नीतिका कारण भेनेजुएलाको तेलमाथि जबरजस्ती कब्जा जमाउन खोजेको आरोप लगाइन्। चीनको विचारमा यो भेनेजुएलाको स्वतन्त्रतामाथिको प्रहार हो र यसले त्यहाँका जनतालाई ठूलो अन्याय हुनेछ।
राष्ट्रपति ट्रम्पले घोषणा गरेअनुसार भेनेजुएलाले ३ देखि ५ करोड ब्यारेल कच्चा तेल अमेरिकालाई दिनुपर्नेछ। यो तेल बजार मूल्यमा बेचिनेछ, तर त्यसबाट आउने पैसा भने अमेरिकाले नै आफ्नो नियन्त्रणमा राख्नेछ। साथै अमेरिका र भेनेजुएलाका जनतामा खर्च गरिने राष्ट्रपति ट्रम्पले बताएका छन् ।
यस विषयमा भेनेजुएलाको सरकारले अहिलेसम्म कुनै आधिकारिक जवाफ दिएको छैन। तर, चीनले भने विश्वसामु अमेरिकाको यो कदमको डटेर विरोध गरेको छ।
प्रतिक्रिया