अमेरिकी हमलामा मारिएका सुरक्षाकर्मीको सम्झनामा भेनेजुएलामा सात दिनसम्म शोक मनाइने

इनेप्लिज २०८२ पुष २३ गते २:३६ मा प्रकाशित

भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्वेजले मंगलबार देशभर सात दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेकी छन् । गत शनिबार अमेरिकी सेनाले गरेको आक्रमणमा ज्यान गुमाएका आफ्ना देशका सैनिकहरूको सम्मानमा यो शोक मनाउन लागिएको हो।

राजधानी कराकासमा भएको उक्त सैन्य कारबाहीमा भेनेजुएलाका कम्तीमा २४ जना सुरक्षाकर्मी मारिएका थिए। देशका लागि ज्यान दिने तिनै सुरक्षाकर्मीको सम्झनामा सरकारले यो निर्णय गरेको हो।

यद्यपि, राष्ट्रपति रोड्रिग्वेजले यो शोकको अवधि ठ्याक्कै कुन दिनदेखि सुरु हुनेछ भन्ने कुरा भने स्पष्ट नपारेको एपीले जनाएको छ । शोकको समयमा सरकारी कार्यालयहरूमा झन्डा आधा झुकाइनेछ र विभिन्न औपचारिक कार्यक्रमहरू स्थगित गरिनेछन्।

प्रतिक्रिया