
राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हाउस रिपब्लिकन सदस्यहरु अर्थात प्रतिनिधी सभा सदस्यहरु करिब ९० मिनेट लामो सम्बोधन गर्दै भेनेजुएलामा भएको सैन्य कारबाहीलाई “अद्भुत सैन्य उपलब्धि” र “रणनीतिक रूपमा अत्यन्तै शानदार” भन्दै प्रशंसा गरे। उनले उक्त कारबाही सफल भएको दाबी गर्दै यसले अमेरिकी सैन्य क्षमताको शक्ति देखाएको बताए।
ट्रम्पले सम्बोधनका क्रममा हल्का ठट्टा पनि गरे। उनले पदच्युत हुनुअघि भेनेजुएलाका नेता निकोलस मदुरोले आफ्नो नाच्ने शैली नक्कल गर्ने गर्थे भन्ने टिप्पणी गरे, जसले सभामा हाँसोको वातावरण बनाएको थियो।
तर, लामो राजनीतिक भाषणका बाबजुद उनले सैन्य कारबाहीबारे कुनै नयाँ विस्तृत जानकारी भने दिएनन्। साथै, उक्त अभियानमा घाइते भएका अमेरिकी सैनिकहरूको अवस्थाबारे पनि कुनै अध्यावधिक(अपडेट )प्रदान गरेनन्।
राष्ट्रपति ट्रम्पले डेमोक्र्याटिक दलमाथि कडा आलोचना गर्दै उनीहरूले उक्त सैन्य कारबाहीका लागि आफूलाई प्रशंसा नगरेको गुनासो गरे।
उनले थपे, “यदि उनीहरूले राम्रो काम गरे भने, दर्शन फरक भए पनि म देशका लागि खुशी हुन्थे।”
प्रतिक्रिया