भेनेजुएलाको भविष्य अन्योलमा: ट्रम्पको ‘नियन्त्रण’ कि नयाँ सरकारको ‘सहयोग’ ?

इनेप्लिज २०८२ पुष २२ गते १२:२० मा प्रकाशित

भेनेजुएलाका शक्तिशाली नेता निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले काराकासस्थित उनीहरूको सैन्य किल्लाबाट पक्राउ गरेपछि त्यहाँको राजनीतिमा ठूलो हलचल मच्चिएको छ।

हाल उनीहरूलाई अमेरिकाको न्युयोर्क लगिएको छ, जहाँ सोमबार उनीहरूले लागूऔषध र हतियारसम्बन्धी आरोपहरूमा आफू “निर्दोष” रहेको दाबी गरे। अदालतमा मादुरोले भने, “म अझै पनि मेरो देशको राष्ट्रपति हुँ।” उनीहरूको अर्को सुनुवाइ मार्च १७ का लागि तय गरिएको छ।

भेनेजुएलामा भने मादुरोका नजिकका सहयोगी डेल्सी रोड्रिगेजले कार्यवाहक राष्ट्रपतिको रूपमा सपथ लिएकी छन्। यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको नियन्त्रण अहिले अमेरिकाको हातमा रहेको र आवश्यक परे थप सैन्य हस्तक्षेप गर्न सक्ने चेतावनी दिएका छन्।

ट्रम्प प्रशासनका अधिकारी स्टिफन मिलरले यसलाई “जारी सैन्य कारवाही ” भनेका छन्। । यसैबीच, विपक्षी नेत्री मारिया कोरिना मछाडोले पनि छिट्टै स्वदेश फर्किने बताएकी छन्, तर ट्रम्पले उनलाई समर्थन गर्न अस्वीकार गर्दै उनले देश चलाउन नसक्ने टिप्पणी गरेका छन्।

यो घटनाको अर्को महत्त्वपूर्ण पाटो भनेको भेनेजुएलाको तेल खानी हो।

ट्रम्पले अमेरिकी कम्पनीहरू मार्फत भेनेजुएलाको तेल उद्योगलाई पुनः निर्माण गर्ने योजना बनाएका छन्। यसका साथै ट्रम्पले कोलम्बिया र मेक्सिको जस्ता अन्य देशहरूलाई पनि कडा चेतावनी दिँदै अमेरिकाको ‘शक्ति’ प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया