भेनेजुएलासँग युद्ध हैन् — “हामी लागूऔषध बेच्ने र अपराध फैलाउनेहरूसँग युद्धमा छौं” : ट्रम्प

इनेप्लिज २०८२ पुष २२ गते ११:२५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भेनेजुएलासँग युद्ध नगरेको स्पष्ट पारेका छन्। सोमबार एनबिसीन्यूजसँगको अन्तर्वार्तामा उनले अमेरिका भेनेजुएलासँग होइन, अपराध र लागूऔषध कारोबार गर्नेहरूसँग लडिरहेको बताएका हुन्। अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि दबाब बढाउँदै आक्रमण र पक्राउको प्रयास गरे पनि युद्ध नभएको ट्रम्पको बताए ।

“हामी युद्धमा छैनौं,” राष्ट्रपति ट्रम्पले भने, “हामी लागूऔषध बेच्ने मानिसहरूसँग, कारागार खाली गरेर अपराधी पठाउनेहरूसँग, र मानसिक संस्थानका मानिसहरू हाम्रो देशमा पठाउनेहरूसँग युद्धमा छौं।”

भेनेजुएलामा छिट्टै चुनाव हुने सम्भावनाबारे सोध्दा ट्रम्पले अहिले चुनाव सम्भव नरहेको बताए। “पहिले देशलाई ठीक पार्नुपर्छ,” उनले भने, “अहिले चुनाव गराउन सकिने अवस्था छैन। देशलाई बिस्तारै स्वस्थ बनाउनु पर्छ।”

ट्रम्पले भेनेजुएलाका कार्यवाहक राष्ट्रपतिले अमेरिकी अधिकारीहरूसँग सहकार्य नगरे थप सैन्य कारबाही हुन सक्ने चेतावनी पनि दिए। “हामी तयार छौं,” उनले भने, “यो सम्भावना हामीले पहिले नै सोचेका थियौं।”

उनले भेनेजुएलामा अमेरिकी भूमिकाको अन्तिम निर्णय आफूले गर्ने तर ह्वाइट हाउसका विज्ञ टोलीले सहयोग गर्ने बताए। साथै, भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई नोबेल शान्ति पुरस्कार दिइएको विषय आफ्नो निर्णयसँग सम्बन्धित नरहेको पनि ट्रम्पले स्पष्ट गरे।

प्रतिक्रिया