“म अपहरण गरिएको राष्ट्रपति हुँ” — अमेरिकी अदालतमा मदुरोको विस्फोटक दाबी

इनेप्लिज २०८२ पुष २१ गते १९:४२ मा प्रकाशित

 मार्च १७ मा अर्को सुनुवाइ: मदुरो प्रकरणले लियो नाटकीय मोड

भेनेजुएलाका अपदस्थ नेता निकोलस मदुरोको अर्को अदालत सुनुवाइ मार्च १७ का लागि तय गरिएको छ। 

सुनुवाइ सकिएपछि मदुरो र उनकी पत्नीलाई अदालत कक्षबाट बाहिर निकालियो।

संघीय अधिकारीहरूसँग बाहिर निस्कँदै गर्दा दर्शकदीर्घामा बसेका एक व्यक्तिले अचानक उठेर स्पेनी भाषामा मदुरोलाई कडा शब्दमा सम्बोधन गर्दै “अवैध राष्ट्रपति” भने।

ती व्यक्ति ३३ वर्षीय पेद्रो रोजास हुन्, जसले पछि आफू भेनेजुएला शासनद्वारा कारागारमा हालिएको दाबी गरे।

जब अमेरिकी  सहासक  मार्शलहरूले मदुरोलाई अदालतबाट लैजाँदै थिए, मदुरोले सिधै रोजासतर्फ हेर्दै स्पेनी भाषामै प्रतिवाद गरे:

“म अपहरण गरिएको राष्ट्रपति हुँ। म युद्धबन्दी हुँ।”

रक्षा पक्षको टेबलमा अभियोगपत्रको छेउमा राखिएको पहेंलो कानुनी कागजमा लेख्दै मादुरोले आफ्ना टिपोटहरु “सम्मान गरिनु पर्ने” र आफूसँगै राख्न दिन आग्रह गरे। 

न्यायाधीश हेलरस्टिनले अभियोजकहरूलाई अमेरिकी मार्शलसँग समन्वय गरी त्यो अनुरोध पूरा गर्न निर्देशन दिए।

मदुरोले पत्रकारहरूतर्फ हेर्दै अभिवादन गरे। सुनुवाइभर अदालतको मर्यादा पालना गर्दै उनले लगातार टिपोट लिए र आफूलाई गैरकानुनी रूपमा अपहरण गरिएको दाबी दोहोर्‍याए।

प्रतिक्रिया