
नेपालको मोरङ्ग विराटनगर स्थायी बासिन्दा तथा तर हाल अमेरिकाको मेरिल्याण्ड राज्यको वाल्डोर्फमा बसोबास गर्दै आएका ३२ बर्षिय बिबेक कुमार दाहाल को असामयिक निधनले अमेरिका र नेपाल दुवैतर्फका नेपाली समुदायलाई स्तब्ध बनाएको छ।
गत डिसेम्बर ३१, २०२५ मा वासिङ्टन डी.सी.स्थित मेडस्टार वाशिंगटन हस्पिटल सेन्टरमा मस्तिष्कघात भएपछि उनि तीन हप्तासम्म जीवन–मरणको संघर्षमा रहे । चिकित्सकहरूको अथक प्रयासका बाबजुद अन्ततः उनले यो संसार छोडे ।
आफ्नी श्रीमती र ७ वर्षीया सानी छोरीको सुरक्षित भविष्य बनाउने सपना बोकेर अमेरिका आएका बिबेक एक मेहनती, जिम्मेवार र परिवारप्रेमी व्यक्ति थिए । तर नियतिले ती सपना अधुरै छोडिदियो। आज उनकी श्रीमती, छोरी, आमाबुबा र परिवारजन नेपालमै बसेर टाढाबाटै यो अपूरणीय पीडा सहन बाध्य छन्।
परिवारको अन्तिम र अत्यन्तै पवित्र चाहना भनेको बिबेकको पार्थिव शरीर नेपाल ल्याई परम्पराअनुसार सम्मानपूर्वक अन्तिम संस्कार गर्नु हो। तर अन्तर्राष्ट्रिय शव ढुवानी र संस्कारका लागि ठूलो आर्थिक बोझ पर्छ।
एनआरएनए मेरिल्याण्ड च्याप्टर(शाखा)ले उनलाई आर्थिक सहयोग गर्न गो फन्ड मी संचालनमा ल्याएको छ । लक्ष्य २५ हजार डलर राखिएको छ भने जनवरी ४ सम्म कूल ७ हजार १०० डलर संकलन भएको छ ।
साथै यस कठिन घडीमा अमेरिकामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्दो आर्थिक सहयोग गर्न र यो सन्देश बढीभन्दा बढी साँझा (शेयर)गर्न समेत अपिल गरिएको छ ।
र,अन्त्यमा बिबेकको आत्माले चिरशान्ति पाओस्, र शोकसन्तप्त परिवारले सबैबाट शक्ति र धैर्य प्राप्त गर्न सकोस् भन्दै एनआरएनए मेरिल्याण्ड च्याप्टर(शाखा)ले भावुक सन्देश प्रकाशन गरेको छ ।
सहयोग गर्न यो गो फण्ड मी मा थिच्नु होला र जे जति हुन्छ सहयोग गरौ ।https://www.gofundme.com/f/help-bring-bibek-home-for-his-final-rites?lang=en_US
प्रतिक्रिया