लागू औषध तस्करीको आरोपमा मदुरोलाई न्युयोर्कको अदालतमा उपस्थित गराइँदै ,पहिलो बहस भोली हुदै

इनेप्लिज २०८२ पुष २० गते २२:१८ मा प्रकाशित

अमेरिकाले नियन्त्रणमा लिएको भेनेजुएलाका नेता निकोलस मदुरोलाई भोली (सोमबार) दिउँसो न्युयोर्कको एउटा अदालतमा पेश गरिँदैछ। अमेरिकी न्याय विभागका अनुसार यो सुनुवाइ न्युयोर्कको दक्षिणी जिल्ला अदालत अर्थात् ‘साउदर्न डिस्ट्रिक्ट कोर्ट’ मा हुनेछ।

मदुरोमाथि लागू औषध तस्करी (ड्रग ट्राफिकिङ) र आतंकवादी समूहलाई सहयोग गरेको गम्भीर आरोप छ। अमेरिकी सरकारले यो मुद्दा विगत १५ वर्षदेखि अनुसन्धान गरिरहेको थियो भने मदुरोलाई ६ वर्षअघि नै दोषीका रूपमा नामकरण गरिएको थियो।

यो ऐतिहासिक मुद्दाको सुनुवाइ न्यायाधीश एल्भिन हेलेरस्टाइनले गर्नेछन्। उनी ९२ वर्षका धेरै अनुभवी न्यायाधीश हुन् र उनले यो मुद्दालाई दश वर्षभन्दा बढी समयदेखि हेरिरहेका छन्। उनले यसअघि पनि धेरै ठूला र चर्चित मुद्दाहरूको फैसला गरिसकेका छन्।

हाल मदुरो र उनकी श्रीमती न्युयोर्कको एक उच्च सुरक्षा भएको कारागारमा छन्। भोलिको बहसपछि यो मुद्दाले कुन मोड लिन्छ भन्ने कुरामा विश्वभरिको ध्यान केन्द्रित भएको छ।

प्रतिक्रिया