
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले पक्राउ गरेपछि अहिले पूरा संसार दुई भागमा बाँडिएको छ। यस घटनाले विश्व राजनीतिमा यति ठूलो हलचल ल्याएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले सोमबारका लागि आपतकालीन बैठक बोलाएको छ।
रुस र चीनको समर्थनमा कोलम्बियाले यो आपतकालीन बैठकको माग गरेको हो। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले यस घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले अगाडी भने ,कुनै पनि देशको राष्ट्रपतिलाई यसरी पक्राउ गर्नुले “खतरनाक नजिर” बसाल्नेछ र यसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको छ।
चीनले एक विज्ञप्ति जारी गर्दै अमेरिकालाई मदुरो र उनकी पत्नीलाई तुरुन्त रिहा गर्न र अर्को देशको सरकार ढाल्ने काम बन्द गर्न चेतावनी दिएको छ। यसै गरी, इरानले यस घटनालाई राज्य आतंकको संज्ञा दिएको छ। इरानका विदेश मन्त्रीले यो भेनेजुएलाको स्वाभिमानमाथिको प्रहार भएको बताएका छन्।
छिमेकी देशहरूको फरक-फरक मत:
भेनेजुएलाका छिमेकी देशहरूमा भने यसको असर फरक देखिएको छ। कोलम्बियाको राजधानी बोगोटामा हजारौं मानिसहरूले सडकमा निस्किएर खुसीयाली मनाएका छन्। उनीहरूले भेनेजुएलाको झण्डा फहराउँदै यो “स्वतन्त्रताको क्षण” भएको बताएका छन्।
तर, ल्याटिन अमेरिकाका सबै देशहरू खुसी छैनन्। ब्राजिल, मेक्सिको, क्युवा र उरुग्वे जस्ता देशहरूले अमेरिकी आक्रमणको विरोध गरेका छन् र शान्तिपूर्ण समाधानको माग गरेका छन्। अर्कोतर्फ अर्जेन्टिना र इक्वेडर जस्ता देशहरूले भने मदुरो पक्राउ परेकोमा खुसी व्यक्त गर्दै यसलाई न्याय भएको बताएका छन्।
अहिले अमेरिकाले मदुरोलाई अपराधीको रूपमा जेलमा राखेको छ भने चीन र रुसले उनलाई एउटा स्वतन्त्र देशको राष्ट्रपतिको रूपमा सम्मान गर्नुपर्ने तर्क गरिरहेका छन्।
प्रतिक्रिया