स्रष्टा साँझ अमेरिकाको नयाँ बर्ष २०२६ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

इनेप्लिज २०८२ पुष २० गते ०:५२ मा प्रकाशित

शनिवार जनवरी ३, २०२६
टेक्सस, अमेरिका

नेपाली साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१७ मा अमेरिकाको टेक्ससमा स्थापना भएको स्रष्टा साँझ अमेरिकाले निरन्तर रुपमा बिभिन्न साहित्यिक कार्यक्रम मार्फत नेपाल, अमेरिका, भारत तथा अन्य देशका स्रष्टाहरुलाई जोड्दै आएको छ । यो संस्थाले भौतिक तथा अनलाइन जुम प्रविधि मार्फत रचनावाचन, पुस्तक समिक्षा, स्रष्टा भेटघाट, स्रष्टाहरुको सम्झना तथा सम्मान आदि कार्यक्रम गर्ने गर्दछ ।

यसै सन्दर्भमा नयाँ बर्षको उपलक्ष्यमा स्रष्टाहरुको भेटघाट, शुभकामना आदानप्रदान तथा रचनावाचन जूम कार्यक्रम सम्पन्न गरियो । करिव ४ घण्टा चलेको सो कार्यक्रममा नेपाल, अमेरिका तथा भारतका स्रष्टाहरुको उपश्थिति थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगा प्रसाद उप्रेती, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष सर्बज्ञ वाग्ले, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका महासचिव राजु सिटौला, तीर्थ अधिकारी, डा. देवी पन्थी, राधाकृष्ण काफ्ले, विजयराज भट्टराई, नीता गुरुङ, निर्मला राई, रमा शर्मा, खेमराज पोखरेल,ममता मृदुल, टीका गौतम, रिता देबी प्रधान, साधना कुमारी, बासु भण्डारी, आर. सी. रिजाल,घनश्याम पौडेल, भगवती पौडेल लगायत उल्लेखनीय संख्यामा प्रतिष्ठित स्रष्टाहरु सहभागी हुनुहुन्थ्यो ।

संस्थाका अध्यक्ष प्रा. प्रभात दिक्षितले स्वागत र नयाँ बर्षको शुभकामना व्यक्त गर्दै संस्थालाई माया गरि कार्यक्रममा सक्रिय सहभागिता प्रदान गर्नु भएकोमा सवैमा हार्दिक आभार प्रकट गर्नु भयो । संस्थाका सचिव बैकुण्ठराज आचार्यले संस्थाको उद्देश्य, पृष्ठभूमि र संस्थाले हालसम्म गरेका कामहरुको जानकारी दिनुभयो ।

कार्यक्रम संचालन संस्थाका कार्यक्रम संयोजकद्वय बिश्वराज अधिकारी तथा पवनकुमार बुढाथोकीले गर्नु भएक थियो ।

प्रतिक्रिया