
बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका( बाना)को आफ्नै भवनमा नेपाली समुदायको लागि आयोजना गरिएको स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
यो स्वास्थ्य शिविर मेरिल्याण्ड नेपाली मेडिकल सोसाइटी तथा लायन्स क्लव अफ इनेप्लिज इन बाल्टिमोरको सयुक्त आयोजनामा भएको हो ।
हरेक दुई महिनामा नियमित संचालन हुदै आईको रहेको स्वास्थ्य शिविरमा २८ जनाको स्वास्थ्य परीक्षण गरियो । साथै उक्त स्वास्थ्य शिविरमा १२ जनाको मधुमेह रोग सम्बन्धी ए१सि, १६ जनाको आँखा तथा श्रवण शक्ति जाँच पनि गरिएको मेरिल्याण्ड नेपाली मेडिकल सोसाइटीकी प्रमुख ,स्वास्थ्य शिविरलाई समन्वय गर्दै आएकी आरएन (स्वास्थ्य परिचारिका) सुनिता बस्नेतले ईनेप्लिजलाई बताइन ।
उक्त शिविरमा १३ जनालाई फ्लु र ३ जनालाई कोभिड विरुद्दको खोप प्रदान गरिएको थियो। अब अर्को स्वास्थ्य शिविर आगामी फेव्रुवरी २ मा हुने छ । मेरिल्याण्ड क्षेत्रमा बसोबास गर्ने बिशेष गरि बिमा नहुनेलाई यो शिविरले अत्यन्तै ठूलो सेवा पुर्याएको छ ।
यसको साथै मेरिल्याण्ड क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई नेपालबाट भेटघाट र घुमफिर गर्न आएका आफन्त ,दाजुभाई ,दिदीबहिनी ,बुवाआमा,हजुरबुवा हजुरआमा र यहाँ आएर पनि औषधी सकिएका लगायतलाई यो स्वास्थ्य शिविरले ठूलो राहत दिएको छ । बाना स्वास्थ्य शिविरले समुदायलाई अतुलनीय सेवा पुर्याएको छ ।
प्रतिक्रिया