
हिजो सम्पन्न अमेरिकाको कनेक्टिकट राज्यमा रहेको कनेक्टिकट शेर्पा सोसाइटीको साधारण सभाबाट सर्वसम्मत्तिमा ४ बर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
जसमा अध्यक्ष आङ ग्यालुक शेर्पा , उपाध्यक्ष: पेमा डोल्मा शेर्पा , सचिव: शेरोन शेर्पा , कोषाध्यक्ष: पासाङ लामु शेर्पा र सदस्यहरूमा बाबु शेर्पा, नवाङ शेर्पा, सोनम ग्याल्जेन लामा, निमा कालदेन शेर्पा, पेम्बा दोर्जी शेर्पा रहेका छन् ।
चयन भएपछि अध्यक्ष आङ ग्यालुक शेर्पाले आफ्नो कार्यकालमा कनेक्टिकटको शेर्पा समुदायलाई अझै एकताबद्ध , सक्रिय र सुदृढ बनाउनका लागि आफू लागि पर्ने बताउदै, शेर्पा समाजको गौरव, संस्कार र पहिचानलाई नयाँ पुस्तासम्म सशक्त रूपमा पुर्याउने काममा पनि आफू लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
प्रतिक्रिया