
हाम्रो भर्जिनियामा समेत केन्द्रिय एकताको प्रयाससँगै NRNA फेरि एकतामा संगठित, ऊर्जाशील र अगाडि बढ्ने दिशामा अघि बढिरहेको देख्दा मन खुशीले भरिएको छ। भर्जिनिया NRNA को हालै सम्पन्न चुनावमा केही खल्बलियो, मौनता र विवाद देखिए पनि आज यो वातावरण नयाँ उत्साह, रोचकता र एकताको सकारात्मक माहोलमा रूपान्तरण भएको छ। धेरै समयपछि पहिलोपटक NRNA आफ्नो मूल उद्देश्य, भावना र मर्यादातिर फर्किरहेको स्पष्ट अनुभूति भएको छ। USA र अन्तर्राष्ट्रिय (ICC) स्तरसम्म नयाँ सोच, नयाँ ऊर्जा र सहकार्यको संस्कृति फैलाउने आशा जगाएको छ। यस यात्रालाई सफल बनाउन लागिपर्ने सबै पदाधिकारीज्यूहरू, स्वयंसेवक, सदस्य तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद र सम्मान। तपाईंहरूको प्रयासले नै आजको एकताको जग बलियो बनेको छ।
एनआरएनको नयाँ प्रतिज्ञा — एकता कहिल्यै नफुटोस्
एनआरएन एकतामा जुट्यो — अब कहिल्यै नफुटोस्।
हाम्रा खुशी, सहकार्य र मित्रता फेरि कहिल्यै नटुटोस्।
विगतका चुनौती र विभाजनलाई पछाडि छाड्दै |
हामी फेरि एकताको सूत्रमा गाँसिएका छौँ।

राष्ट्रभन्दा टाढा बसे पनि—
एउटै नेपाली पहिचान, एउटै भावना र एउटै हृदय
हामीलाई एउटै ठाउँमा उभ्याइरहेको छ।
” सदस्यहरूको भावना , साझा सपना र लक्ष्य, आपसी विश्वास र सम्मान “
यी तिन मिलेर नै वास्तविक NRNA Spirit निर्माण हुन्छ।

–अबको यात्रा — विश्वभर नेपालीको पहिचान झन् उज्यालो बनाओस्–
हामी सबैको प्रतिज्ञा:
अबको एकता न मनबाट फुटोस्, न संरचनाबाट।
नेपालीबीचको मित्रता, सहयोग र खुशी
फेरि कहिल्यै नटुटोस्।
देशप्रेम, आपसी सम्मान र साझा दृष्टिकोणले
हामीलाई अझै बलियो र सम्मानित बनाओस्।
यस चिरस्थायी यात्राले
विश्वभर नेपालीको पहिचान, प्रतिष्ठा र समृद्धिमा नयाँ उज्यालो ल्याओस्।
एनआरएन परिवारका सबै सदस्यहरूमा हार्दिक शुभकामना!
जय एनआरएन!

✍️ Chiranjivi (Jivi) Lamichhane एनआरएनए आजीवन सदस्य
लेखक/विश्लेषक: चिरञ्जीवी (जिवी) लामिछाने परिचय :लामिछाने NRNA USA Live Member र २००४ मा अमेरिकामा बसाइँ गर्दै , आफ्नो करियरलाई निरन्तर उचाइतर्फ अघि बढाउँदै Real Estate, (Realtor) क्षेत्रमा सक्रिय योगदान गर्दै आएका छन्। नेपालमा Journalism मा Bachelors पूरा गरी, अमेरिका आएपछि पनि उच्च शिक्षातर्फ निरन्तर प्रगति गर्दै हाल US Gov मा कार्यरत छन्। सत्यनिष्ठा, उत्कृष्ट सेवा, कडा परिश्रम, र समुदायप्रतिको समर्पण—यी मूल्यहरूले जिवी लामिछानेलाई एक विश्वसनीय, पेशेवर, र सहज व्यक्तित्वका रूपमा चिनाउँछन्।
प्रतिक्रिया