अमेरिकामा कालो शुक्रबार बिधुतिय किनमेलको नयाँ कीर्तिमान: एकै दिन ११.८ बिलियन डलर खर्च

इनेप्लिज २०८२ मंसिर १५ गते १:५८ मा प्रकाशित

अमेरिकी उपभोक्ताले यो वर्षको कालो शुक्रबार अर्थात् ब्ल्याक फ्राइडेमा अनलाइन(बिधुतिय) किनमेलमा ऐतिहासिक रकम खर्च गरेका छन्।

अडोबी एनालाइटिक्सले दिएको तथ्यांक अनुसार एकै दिनमा अमेरिकनहरूले ११.८ बिलियन डलर अनलाइन खर्च गरे, जुन गत वर्षभन्दा ९.१% धेरै हो।

बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिधुतिय खरिद कर्ता(अनलाइन ट्राफिक )अत्यधिक भयो, जहाँ प्रति मिनेट १२.५ मिलियन डलरको किनमेल भएको थियो। सबै बिक्री मध्ये आधा भन्दा बढी मानिसहरुको आफ्नो संचार घुम्ती यन्त्र (मोबाइल फोन) मार्फत नै भएको अनुमान छ।

धन्यबाद दिवस अर्थात् थ्याङ्क्सगिभिङको दिन पनि ६.४ बिलियन डलर खर्च भएको थियो । यस वर्षको प्रमुख किनमेल सामग्रीमा श्रब्यदृश्य खेल उपकरण, बिधुतिय उपकरण र घरायसी उपकरण परे।

सिबिएसन्यूजका अनुसार कृतिम बुद्धिमत्ता (एआई)ले चलाएका प्रचार तथा सामाजिक सञ्जालका विज्ञापनहरूले पनि उपभोक्ताको रोजाइमा ठूलो प्रभाव पारे।

अर्को त्यस्तै सेल्स फोर्सका अनुसार अमेरिकामा कालो शुक्रबार बिधुतिय बिक्री १८ बिलियन डलर पुगेको जनाएको छ भने विश्वभर ७९ बिलियन डलर पुगेको छ । त्यस्तै शोपिफाईले आफ्नो मंच (प्लेटफर्म)मार्फत ६.२ बिलियन डलरको बिक्री भएको जनाएको छ। एक चरणमा प्रति मिनेट ५.१ मिलियन डलर बिक्री भएको थियो। शृंगार सामग्री , लुगा तथा अन्य सामग्री सबैभन्दा धेरै चर्चामा रहे।

अर्कोतर्फ, पसलमा जाने उपभोक्ताको संख्या झन् घट्दै गएको छ। रिटेलनेक्स्टका अनुसार, पसलमा घुइचोको संख्या ३.६% ले घटेको छ । विशेषज्ञहरूका अनुसार मानिसले अब लामो लाममा उभिनुभन्दा घरमै बसेर बिधुतिय छुट हेरेर किनमेल गर्न रुचाउँछन्।

अडोबीले गरेको अनुमान अनुसार अमेरिकी उपभोक्ताले शनिबार ५.५ बिलियन डलर , आइतबार ५.९ बिलियन डलर , र साइबर मन्डेमा १४.२ बिलियन डलर खर्च गर्न सक्छन्, जसले अर्को नयाँ किर्तिमान बनाउन सक्छ।

प्रतिक्रिया