
चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक पहिलो महाधिवेशन अन्तर्गत खुल्ला केन्द्रीय सदस्यका लागि भएको मतदानको अन्तिम परिणाम सार्वजनिक भएको छ। प्राप्त मत परिणाम अनुसार दलका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सर्वाधिक (सबैभन्दा बढी) मत ल्याएर सानदार विजय हासिल गरेका छन्।
दलभित्र ‘उपसभापति पदका आकांक्षी’ समेत रहेका डा. वाग्लेले कुल २ हजार ६ सय ५६ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेका हुन्। यसैगरी, उपसभापति (महिला) की बलियो आकांक्षीका रूपमा हेरिएकी चर्चित नेतृ सोविता गौतमले २ हजार ५ सय ९४ मत ल्याएर दोस्रो स्थान हासिल गरेकी छिन्।
खुल्ला ३५ केन्द्रीय सदस्यका लागि भएको मतदानमा हेर्नुस् चर्चित उम्मेदवारहरूले ल्याएको मतको पूर्ण विवरण:
डा. स्वर्णिम वाग्ले: २६०७ मत
सोविता गौतम: २५९४ मत
शिशिर खनाल: २४९५ मत
सागर ढकाल: २३३३ मत
रञ्जु दर्शना: २२४९ मत
मनिष झा: २२३७ मत
तोसिमा कार्की: २२५७ मत
हरि ढकाल: २२१९ मत
कविन्द्र बुर्लाकोटी: २१८४ मत
रमेश प्रसाईं: २१२३ मत
विपिन आचार्य: २१२६ मत
बिराजभक्त श्रेष्ठ: २०९४ मत
निशा डाँगी: २०८९ मत
इन्दीरा रानामगर: २०४७ मत
गणेश पराजुली: २०४५ मत
जगदिश खरेल (ललितपुर): २०४४ मत
पुकार बम: २०३० मत
गणेश कार्की: १६९३ मत
समिक्षा बास्कोटा: १६९९ मत
असीम साह: १७२८ मत
खगेन्द्र सुनार: १७०८ मत
राजीव खत्री: १७०१ मत
यज्ञमणी न्यौपाने:१८६९ मत
प्रमोद न्यौपाने: १८९२ मत
सस्मित पोखरेल: १८३३ मत
राजुनाथ पाण्डे: १८१२ मत
रिमा विश्वकर्मा: १८१० मत
जगदिश खरेल (दोलखा): १५१३ मत
लिमा अधिकारी: १५०४ मत
टिका संग्रौला: १४९० मत
शंकर श्रेष्ठ: १४८४ मत
क्रान्तिशीखा धिताल: १४७९ मत
आशिका तामाङ: १४३० मत
सुदीप ढकाल: १४२९ मत
अनुष्का श्रेष्ठ: १३५३ मत
रोहन कार्की: १०२२ मत
अरनिको पाण्डे: ९१२ मत
धनञ्जय रेग्मी: ८९० मत
रामजी यादव: ८६९ मत
केन्द्रीय सदस्यका लागि भएको मतदानमा प्रवास (विदेश) बाट डा. स्वर्णिम वाग्लेले शत प्रतिशत (१००%) मत पाएका छन्।
महाधिवशेनमा केन्द्रीय सदस्यका लागि भएको मतदानमा प्रवासबाट कुल १७० प्रतिनिधिहरूमध्ये ४९ मत खसेको थियो। विदेशमा हुने सबैले डा. स्वर्णिम वाग्लेलाई नै मत दिएका कारण प्रवासबाट सर्वाधिक र एकमुष्ठ मत पाउनेमा स्वर्णिम वाग्ले एक्लो भाग्यमानी नेता बनेका छन्। यसरी विदेशको समेत मत थपिँदा डा. स्वर्णिम वाग्ले कुल २६५६ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
अर्कोतर्फ, कोशी प्रदेशतर्फको मतगणनामा भने निशा मेहताले सबैभन्दा बढी मत ल्याएर बाजी मारेकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यहरूको सार्वजनिक परिणाम अनुसार कोशी प्रदेशमा मेहताले सबैभन्दा बढी १८६१ मत ल्याएकी हुन्। कोशी प्रदेशमै दोस्रो सर्वाधिक मत विश्वराज पोखरेलले १४६० मत ल्याएका छन् भने अर्की उम्मेदवार शोभा कार्कीलाई १२०४ मत प्राप्त भएको छ।
यस महाधिवेशनबाट उपसभापति (महिला) की आकांक्षी सोविता गौतम, निशा मेहता, मनिष खनाल र सहमहामन्त्री पदका आकांक्षी केपी खनाल भारी मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भएका छन्।
प्रतिक्रिया