यात्रुवाहक जहाज, बिमान चालक र तस्करहरूलाई ट्रम्पको चेतावनी: भेनेजुएलाको आकाशमा नजानू

इनेप्लिज २०८२ मंसिर १४ गते १३:२९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सबै वायुसेवा प्रतिष्ठानहरूलाई भेनेजुएला र त्यस वरपरको सम्पूर्ण हवाई क्षेत्रलाई बन्द गर्न निर्देशन दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा एउटा सीधा र कडा सन्देश लेखेका छन् ।

उनको भनाइको मुख्य तात्पर्य भेनेजुएलाको र त्यसको वरिपरिको पूरै आकाशलाई पूर्ण रूपमा बन्द छ भनेर मान्नु भनिएको हो ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेख्दै भने, “सबै वायुसेवा प्रतिष्ठानहरू, बिमानचालकहरू, लागूऔषध तस्करहरू र मानव तस्करहरूलाई: कृपया भेनेजुएलाको र त्यस वरपरको सम्पूर्ण हवाई क्षेत्रलाई पूर्ण रूपमा बन्द मान्नुहोस्।”

ट्रम्पको यो भनाइ अमेरिकाको संघीय उड्डयन प्रशासनले वायुसेवा कम्पनीहरूलाई भेनेजुएलाको आकाशमा उडान गर्दा चेतावनी दिएको एक हप्तापछि आएको हो।

एफएएले जारी गरेको सूचनामा भेनेजुएला क्षेत्रमा देखिएको “बिग्रँदो सुरक्षा अवस्था” र “बढेको सैनिक गतिविधि”का कारण वायुसेवाहरूलाई ‘सावधानी अपनाउन’आग्रह गरिएको थियो।

एफएएले भनेको थियो, “खतराहरूले सबै उचाइमा रहेका विमानहरू, बिमानस्थलमा रहेका विमानहरू र उडानको आगमन/प्रस्थान चरणहरूमा पनि सम्भावित जोखिम निम्त्याउन सक्छ।” यसले वायुसेवा प्रतिष्ठानहरूलाई यदि उक्त क्षेत्रबाट उडान गर्ने योजना छ भने कम्तीमा ७२ घण्टाअगाडि एफएएलाई जानकारी गराउन अनुरोध गरेको थियो।

प्रतिक्रिया