
आधिकारिक सरकारी तथ्याङ्क अनुसार, अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको सुरुवात (जनवरी) यता आपराधिक अभिलेख (रेकर्ड )नभएका आप्रवासीहरूलाई पक्राउ गरी हिरासतमा राख्ने संख्यामा २,०००% भन्दा बढीले वृद्धि** भएको छ।
सिबिएसन्यूजमा प्रकाशित समाचारका अनुसार यो वृद्धिले राष्ट्रपति ट्रम्पको ठूलो स्तरमा देश निकाला गर्ने अभियानको व्यापकता देखाउँछ।
सरकारी निकाय आप्रवासन तथा भन्सार प्रवर्तन निकाय(आइसिइ)ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बर १६ सम्म अमेरिकाभरका हिरासत केन्द्रहरूमा ६५,१३५ मानिसहरू थुनामा राखिएका छन्। यो अहिलेसम्मको सबैभन्दा ठूलो संख्या हो।
यो कुल संख्यामध्ये, ३०,९८६ जना (वा ४८%) मानिसहरू त्यस्ता छन् जसको अमेरिकामा कुनै पनि आपराधिक अभियोग वा सजाय छैन। उनीहरूलाई अमेरिकी अध्यागमन कानुन तोडेको सामान्य नागरिक उल्लङ्घनको कारण मात्रै हिरासतमा राखिएको छ।
बाँकी थुनुवाहरूमध्ये २६% (१७,१७१ जना) सँग आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको छ भने २६% (१६,९७८ जना) माथि आपराधिक अभियोग विचाराधीन छ। आपराधिक इतिहास नभएकाहरूको संख्या अहिले आपराधिक सजाय पाएकाहरूको संख्याभन्दा बढी भएको छ।
ट्रम्प प्रशासनले आफ्नो देश निकाला अभियानमा “सबैभन्दा खराब अपराधीहरू” लाई मात्र निशाना बनाउने बताए पनि, तथ्याङ्कले ठूलो संख्यामा कुनै आपराधिक इतिहास नभएका मानिसहरू पक्राउ परिरहेको देखाएको छ।
ट्रम्प प्रशासनका अधिकारीहरूले कानुन विपरीत अमेरिकामा भेटिएका जो कोहीलाई पनि पक्राउ गरिने बताएका छन् । यसलाई सम्पार्श्विक गिरफ्तारी भनिन्छ। अर्थात् सम्पार्श्विक गिरफ्तारी भन्नाले कुनै अपराधीलाई खोज्न जाँदा नजिकै रहेका र कुनै अपराध नगरेका (तर प्रवेशाज्ञा (भिसा) नभएका वा गैरकानूनी रूपमा बसेका) मानिसहरूलाई पनि पक्राउ गर्नु हो।
प्रतिक्रिया