हाम्रो पहिलो पारिवारीक यात्रा: फ्लोरिडाको ३ दिने अविस्मरणीय अनुभव : अन्जु खनाल घिमिरे

इनेप्लिज २०८२ मंसिर ८ गते १३:४२ मा प्रकाशित

भाग १: यात्राको सुभारम्भ र मियामीमा आगमन (Monday, 14 April, 2025)

हाम्रो पहिलो फ्लोरिडा पारिवारिक ३ दिने यात्रा – Miami को ३ दिने अविस्मरणीय अनुभव (First Family Trip – Destination Miami, Florida) मनमा उठेको अनेक प्रकारका प्रश्नहरू र खुशीका रहरहरू सजाउँदै हामी आ-आफ्नो backpack बोकेर आफैँले देखेका सपनामा रमाउन आतुर बन्दै अघि बढ्यौं। Home (Belair) बाट approximate 38 miles मा रहेको Baltimore / Washington International Airport (BWI) आइपुग्यौँ। त्यहाँ हरेक प्रकारका मानिस, हरेक जातका, वर्णका मानिस आ-आफ्नो गन्तव्यमा पुग्न लालान्यित देखिन्थे ।

प्रतिक्षा गरिरहदा सानो छोरा रोयान र ठुलो छोरा आरभको अनुहारमा छल्कीएको उत्साह र उमङ्गका रङ्गहरू हामी एकसाथ म र मेरो जीवन साथी रोशन एक टक हेरिरहेका थियौं, त्यो पल साचैं म हर्षले मनमा सजाउन चाहान्छु दादाले यो गर्‍यो , त्यो गर्‍यो, मलाई फोन चलाउन दिएन हेर्नु न मामु भन्दा पो झसंग भएछु ।यो हाम्रो पहिलो पारिवारिक रमणीय यात्रा, हामी नजिक दुरीका यात्रामा धेरै पटक सँगै गएर रमाएका छौं ती हरेक यात्रामा हामीले रमाइलो गर्‍यौं , मुस्कान बाँड्यौं र सम्झनाहरु बटुल्यौ तर Miami सम्मको यात्रा हाम्रो यसपालिको Spring Break को Holiday destination थियो ।

Flight Attendant को voiceover सँगै Plane Miami तिर उड्यो।दाजुभाईसगैं बसेर मिठामिठा कुरा गर्दै अलिअलि झगडा पनि गर्दै थिए। हामी दुइजना बुढाबुढी भने अर्को साईडबाट अनिहरुलाई नहेरे झै गर्दै फेरीपनि उनीहरूलाई नै हेर्दै थियौं। Baltimore / Washington International Airport (BWI) Maryland to Miami International Airport (MIA) Approximately 946 miles by air, 2 hours 17 minutes पछि हामी करिब राति 8:30 मा land गर्‍यौं | सानोतिनो झन्झट यात्राको क्रममा आउनुलाई स्वाभिक नै ठानी २ घण्टापछि हामी Rental car लिएर त्यहाँको Walmart तिर लागिम्।Swimming pool वाला होटलमा जाने भनेर हाम्रो साने खुशीले उफि्रहेको थियो ।

Miami, America को Florida राज्यमा अवस्थित एक सुन्दर र आकर्षक शहर हो। यो शहर आफ्नो रमणीय समुद्री किनार र विविध संस्कृति, कला, सङ्गीत, नाइटलाइफ र ल्याटिन अमेरिकाको प्रभावका लागि प्रख्यात छ। Miami मा रहेका ठाउँहरू जस्तै South Beach, Little Havana र Wynwood ले यसको साँस्कृतिक विविधता देखाउँछ। यहाँको तातो र सामुन्द्रिक हावापानीले यो शहरलाई पर्यटनका लागि अझ आकर्षण गराउँछ। यो शहर अमेरिकाको र ल्याटिन अमेरिका तथा क्यारिबियन देशहरू बीचको व्यापारिक केन्द्र (Business Hub) पनि हो।

भाग २: प्रकृति, कला र समुद्री आनन्द (Tuesday 15 April, 2025)

First Day in Miami नयां बिहानी Room no 240 को बेडमा मेरो आँखा खुल्यो। मस्तसँग निदाएछु।फटाफट हामी सबै Fresh भएर Breakfast गर्न hotel को Lobby मा पुग्यौं। त्यहाँ अनेक प्रकारले सजाएर राखेको फलफूल र हाम्रो छोरा आरभले बनाउने Scramble egg को taste भन्दा अलि फरक taste मा थियो। सानो छोरो Milk and Cereal लिएर टेबलको एकछेउमा बस्यो, बाबा waffle बनाउँछु भन्दै Breakfast Room को corner मा जानुभयो। म भने Tea, Coffee कता छ भनेर खोज्न थालें।

आज हामी hotel नजिकैको (25 minutes) मा रहेको Botanical Garden जाँदैछौं Miami Botanical Garden 2.6 एकड क्षेत्रफलमा फैलिएको, हरित, सुन्दर र शान्त स्थान हो। जहाँ विभिन्न किसिमका वनस्पतिहरू, फूलहरू र रुखबिरुवाहरूको सङ्ग्र्रह पाइन्छ। यहाँ प्राकृतिक सौन्दर्य सँगै शिक्षा र आनन्दको अनुभव गर्न सकिन्छ। त्यहाँ पोखरीमा रहेका माछा खानेकुरा पाउँदा मज्जाले झुम्मिएको देख्दा मेरो मन एकदमै रमायो। Miami भ्रमण गर्दा यो Garden हेर्न योग्य स्थान रहेछ। छोरा आरभको रोजाइमा परेको Mexican Restaurant मा Lunch गरेर हामीहरू अर्को गन्तव्य तिर लागिम् ।

अर्को गन्तव्य Miami सडक र कला ग्यालरीहरू – Miami सडकहरू मात्र यात्राको माध्यम होइनन्, ती आफैँमा एउटा जीवन्तकला हो। Miami विशेष गरेर Wynwood Walls को लागि प्रसिद्ध छ, जहांका पर्खालहरु रङ्गीन गा्फिकले (Street Art) ले सजिएका छन्। यी सडक चित्रकलाहरुले कलाकारहरूको सोच, समाजप्रतिको दृष्टिकोण र विविध संस्कृतिहरूको झलक देखाउँछन्। त्यहाँ हरेक कुनामा कसैको कथा बोलिरहेको झैं लागिरहेको थियो र हरेक कुनामा सिर्जनात्मकता झल्किरहेको थियो। Miami को सडक र ग्यालरीहरूले कला मात्र देखाउँदैनन्, त्यो शहरको जीवनशैली, विविधता र ऊर्जा पनि प्रकट गर्दछन् ।

यहाँ हरेक मोडमा कला भेटिन्छन पर्खालहरूमा, गल्लीहरूमा अनि मानिसहरुको लुगाफाटामा। यदि तपाईं पनि मियामी घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने यो ठाउँ तपाईंको Must-Visit सूचीमा पर्नै पर्छ। 81°F को temperature मा छोराहरूको Icecream माग पुरा गर्र्दै , ३२ minutes drive मा रहेको हाम्रो एकजना Relative को घरतिर लाग्यौं।

भाग ३: जलयात्रा र विश्वको सुन्दरतम रोड ट्रिप (Wednesday, 16 April 2025)

Second Day In Miami ह्दयभित्र झन्झनाईरहेको आनन्दलाई आत्मसात गर्दै, हामी Miami बाट 160 Miles मा रहेको Key West जाने तरखरमा लाग्यौं। Key West संयुक्त राज्य अमेरिकाको मुख्यभूमि (Mainland) को सबैभन्दा दक्षिणी भागमा पर्ने सुन्दर टापु हो। यो Florida Keys भन्ने दिृपसमूहको अन्तिम टापु हो र क्युबा देशबाट करिब 90 Miles / 145 Km टाढा पर्दछ। केही समयको Driving पछि break लिँदै कान्छो छोराको रोजाइमा Subway छिर्‍यौँ।

उसले सुरुमै Homestyle wrap please भनेको सुनेर हामी एक अर्काको मुख हेर्दै साने सार्है भोकाएछ भन्दै , खानेकुराको order दिन थाल्यौँ। करिब 2 hours drive पछि, त्यही बाटोमा पर्ने Seven Miles Bridge मा घुमफिर नगरि बाटो काटेर अगाडि बढ्न हाम्रो पाइला मानेनन्।Seven miles bridge , America Florida राज्यको Florida Keys क्षेत्रमा पर्ने एक प्रसिद्ध र लामो पुल हो। यसको लम्बाइ झण्डै 7 miles (11.2 Km) छ र यो Knight’s Key (Marathon) देखि Little Duck Key सम्म फैलिएको छ। यो पुल समुन्द्रको एकदमै माथि बनेको छ, जसले गर्दा यहाँ यात्रा गर्दा तपाईं दायाँ-बायाँ खुल्ला नीलो पानी मात्रै देख्न सक्नुहुन्छ। जब हामी त्यहाँ पुग्यौँ यसले एकदमै सुन्दर र अनौठो अनुभव दियो – यो पुल केवल यात्रा गर्ने बाटो मात्र होइन, यो आफैँमा एक अद्भूत अनुभव हो जहाँ आकाश, समुन्द्र र सडक एकै ठाउँमा मिसिन्छन्।

Seven Miles Bridge Overseas Highway (U.S. Route 1) को हिस्सा हो, जुन Miami देखि Key West सम्म जान प्रयोग गरिन्छ। यो मार्गलाई संसारकै सबैभन्दा सुन्दर रोड ट्रिप मध्ये एक मानिन्छ। महत्त्वपूर्ण कुरा: अहिलेको पुल सन् 1982 मा बनाइएको हो तर त्यसअघि पनि पुरानो पुल थियो, जुन अहिले पैदलयात्री र साइकल चालकका लागि प्रयोग गरिन्छ।

चारैतिर फैलिएको समुन्द्र, हामी चारजना त्यो क्षणमा हराउँदै, वरिपरि अपरिचित तर रमाइला अनुहारहरू मनले अझै पनि त्यो समयलाई चित्र जस्तै सम्झिन्छ जसले हरेक पटक मेरो मनमा सितलता र मुस्कान ल्याउँदछ। अर्को रोचक कुरा यो Seven Miles Bridge धेरै हलिउड चलचित्रहरुमा देखाईएको छ जस्तै True lies, 2 Fast 2 Furious.

आजका हाम्रो फाइनल डेस्टिनेशन key West तिर अगाड़ी बढिम् । Key West साच्चै त्यहाँको वातावरण एकदमै शान्त, रमाइलो र रंगीन लाग्ने रहेछ ।खुला सडकहरूमा रंगीन घरहरू, हिँडिरहेका कुखुराहरू, र बिस्तारै बग्ने समय Key West को आकर्षण हुन्।विश्व प्रसिद्ध लेखक Ernest Hemingway यहि बस्थे र उहांको पुरानो घर अहिले संग्रहालयको रूपमा खुलेको छ ।

Key West मा रमाएर सूर्यास्त हेर्नु एक पर्व जस्तै पाए मैले , हातमा हात समाएर, आँखामा आँखा जुधाई हामी बुढाबुढी पूर्ण रुपमा एक अर्कामा हराउदै छोराहरुलाई बिस्तारै दौडँ है लडिएला भन्दै सम्झाइ रहेका थियौं र हामी हराईम् एकसाथ एकछिन, तर त्यो हराउनु हाम्रो पुणंता थियो ।

सागरसरि मिठो माया तिमीलाई दिउला ..मनमा यस्तै यस्तै मिठो गित गुञ्जिरहेको थियो। मनमा चोखो, अत्यन्तै मिठो र गहिरो माया बढिरहेको थियो ।निलो आकाश, निलो समुन्द्र, अनि हामी चारजना त्यो पलमा डुबेको अनुभव आज पनि मनमा अमिट झल्को भएर बसेको छ, अत्यन्तै प्रिय अनुभूति। यो सूर्यास्तको मनमोहक दृश्यमा, हाम्रो मनका मिठो भावना एकअर्कालाई सुनाएर हामी पुनः होटलको यात्रामा अगाडि बढ्यौं।

Miami Downtown संयुत्त राज्य अमेरिकाको फ्लोरिडा,राज्यको एक प्रमुख शहरी क्षेत्र हो जुन सांस्कृतिक, व्यापारीक र मनोरञ्जनात्मक गतिविधिहरूको केन्द्रको रूपमा परिचित छ।बिस्केन खाडीको किनारमा अवस्थित यो खुला ठाउँमा वायु थपिगं , पसलहरू, रेस्टुरेन्टहरू, लाइभ संगीत, र Boat टुरहरूको मजा लिन सकिन्छ।मियामी डाउनटाउनमा ‘मेट्रो मूभर’ नामक निःशुल्क lस्वचालित यातायात प्रणाली उपलब्ध रहेछ, जसले डाउनटाउन क्षेत्रका प्रमुख स्थानहरूलाई आपसमा जोड्दछ।केहि समय डाउनटाउनमा रमाएपछि, हाम्रो सानेको मीठो दालमासु खाने इच्छा अनुसार, हामी डाउनटाउनबाट दश मिनेट दूरीमा रहेको भारतीय रेस्टुरेन्टतिर लाग्यौं।

Miami Downtown मा पानीबाट यात्रा गर्ने ( Cruise tour) अनुभव अत्यन्तै रमाइलो र अविस्मरणीय रह्यो। यहाँको Boat tour को यात्राले शहरको सौन्दर्यलाई र ईतिहासलाई नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्दछ।

Bayside Boat Tour (90 minutes) मियामी, बिस्केन बुलेबार्ड मियामी , यस्मा स्टार आइल्याण्ड (Star Island), फिशर आइल्याण्ड (Fisher Island), जंगली टोपु (Jungle Island), मियामी स्काईलाइन र प्रसिद्ध व्यक्तित्वहरू डेबिट बेकम, सकिराको घरहरूको अवलोकन गर्ने अवसर पाइयो।

Soccer Player Lionel Messi को घर पनि आउला यहि Tour बाट देखिन्छ कि भनेर हाम्रा छोराहरू आरभ र रोयान दुवैको कान ठाडो भईरहेको थियो । Miami Beach फ्लोरिडाको एक प्रमुख तटीय रिसोर्ट हो, जुन मियामी मेट्रोपोलिटन क्षेत्रको हिस्सा हो। यो शहर अटलान्टिक महासागर र बिस्केन खाडीको बीचमा रहेको प्राकृतिक र मानव निर्मित संरचनाहरूको मिश्रित क्षेत्रमा अवस्थित छ।निकै बेरको पार्किङ्ग स्थलको खोजपछि, बल्लतल्ल एक स्थल पाउदा छोरा आरभको मुहारमा बेग्लै खुशीको रंग पोतियो, उ निक्कै आतुर देखिन्थीयो समुद्रको नुनिलो र चिसो पानीमा छलाग्ग लगाउन्।

समुन्द्र तटको सुनौलो बालुवामा हिँड्दा, छालहरूको न्यानो स्पर्श र लहरहरुले मधुर आवाजले मेरो मनलाई अझ शान्त बनाइदिएको थियो। केही मीठा पल क्यामेरामा कैद गर्दै हामी सपरिवार समुन्द्रमा रमाउन थाल्यौं। Miami Beach मा विभिन्न प्रकारका आवास विकल्पहरू उपलब्ध छन् जसमा लक्जरी होटेलहरू, बुटिक होटेलहरू र किफायति Apartment हरू समावेश छन्। यदि तपाईंहरूको समुन्द्र किनारमा विश्राम गर्ने चाहानुहुन्छ भने, Miami Beach तपाईंको लागि उपयुक्त गन्तव्य हो। यहाँको सौन्दर्य, सांस्कृतिक धरोहर र जीवनशैलीले तपाईंलाई अविस्मरणीय अनुभव प्रदान गर्नेछ। यहाँको सफा र शान्त वातावरणले हाम्रो मनलाई अझ सितल र शान्त बनाइदिएको छ।

यात्राको सुखद समापन : जीवनको सार

चारैतिर समुन्द्र, एकअर्कामा ठट्टा गर्दै , रमाउदै बिताएको त्यो क्षण अहिले पनि मेरो मनमा सितलता र मुस्कान लिएर आउँछ। हामी चार सदस्यिय परिवारले तय गरेको यो ३ दिने यात्रा हाम्रो जीवनको अविस्मरणिय अनुभव बन्न पुग्यो , यो यात्राले हाम्रो परिवारको सम्बन्धलाई अझ बढि प्रगाढ बनायो र हामीलाई नयाँ अनुभव, सिकाई र सम्झनाहरू प्रदान गर्यो । मियामीको यो यात्रा साँच्चिकै स्वर्गीय बन्यो। यस्तै – यस्तै थुप्रै पारिवारिक रोचक र उत्साहले भरिपुर्ण भ्रमण भविष्यमा गरिरहने अवसर प्राप्त होस् आफ्नो कर्ममा लागि पर्दै, साँचो मायाको अनुभूति गर्दै, घुम्दै रमाउदैं , जीवन शान्तिपुर्ण रुपमा बिताउन पाइयोस् ।

नमस्कार सबैमा,

जय नेपाल।।

प्रतिक्रिया