
अमेरिकी सर्वोच्च अदालतले टेक्सास राज्यको चुनावी नक्सा विरुद्ध आएको एउटा महत्त्वपूर्ण निर्णयलाई अस्थायी रूपमा रोक्का गरिदिएको छ।
एपीका अनुसार यो चुनावी नक्साले सन् २०२६ मा हुने चुनावका लागि सिटहरूको सीमा निर्धारण गर्नेछ। यसअघि, तल्लो अदालतले यो नक्सामा जातिका आधारमा भेदभाव हुने सम्भावना रहेको भन्दै यसलाई प्रयोग गर्न रोक लगाउन आदेश दिएको थियो।
तर, सर्वोच्च अदालतका न्यायाधीश स्यामुएल अलिटोले हस्ताक्षर गरेको यो आदेशले तल्लो अदालतको फैसलालाई अहिलेका लागि निष्क्रिय पारिदिएको छ। यसको अर्थ, सर्वोच्च अदालतले यो मुद्दामा पूर्ण विचार नगरेसम्म रिपब्लिकन दललाई फाइदा हुने गरी बनाइएको यो नयाँ नक्सालाई प्रयोग गर्न बाटो खुलेको छ।
न्यायाधीश अलिटो टेक्सस राज्यबाट आउने यस्ता आकस्मिक अपिलहरू हेर्ने जिम्मेवारीमा हुनुहुन्छ। सर्वोच्च अदालतका रूढिवादी बहुमत न्यायाधीशहरूले विगतमा पनि चुनाव नजिक आएका बेला तल्लो अदालतबाट आउने यस्ता निर्णयहरूलाई रोक्दै आएका छन्।
यसको मुख्य कारण भनेको चुनावको अन्तिम समयमा नियम परिवर्तन गर्दा मतदाता र चुनाव व्यवस्थापकहरूमा भ्रम सिर्जना नहोस् भन्ने हो।
यस मुद्दामा विपक्षीहरूले नयाँ नक्साले स्वेत मतदाताहरूलाई अत्यधिक नियन्त्रण दिएको र अल्पसंख्यक समुदायहरूको मतको शक्ति घटाएको आरोप लगाएका छन्। अब सर्वोच्च अदालतले यो नक्सा प्रयोग गर्ने अनुमति दिने वा नदिने भन्नेबारे आगामी केही दिनभित्रै विचार गर्नेछ।
यो निर्णयले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फाइदा भएको छ किनभने उनले नै यो नक्सा परिवर्तन गर्न राज्यहरुलाई प्रोत्साहन गरेका हुन् । यो सबैले योजना उनले नै बनाएका हुन् ।
प्रतिक्रिया