
अमेरिकी पूर्व एफबीआई निर्देशक जेम्स कोमी माथि लागेको आरोपको मुद्दामा अमेरिकी न्याय विभागले एउटा ठूलो गल्ती भएको स्वीकार गरेको छ।
विभागले कोमीमाथि लगाइएको अभियोगको अन्तिम रूप निर्णायक मण्डल (ग्रान्ड जुरी)अभियोग लगाउने कि नलगाउने निर्णय गर्ने नागरिकहरूको समूहका सबै सदस्यहरूले नदेखेको अदालतमा स्वीकार गर्यो ।
यो त्रुटि बाहिरिएपछि कोमीका वकिलहरूले मुद्दा खारेज गर्न माग गरेका छन्। उनीहरूले यो मुद्दालाई भेदभावपूर्ण’ र ‘प्रतिशोधात्मक’ अभियोजन भनेका छन्, जसको अर्थ ट्रम्प प्रशासनले राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको झगडाका कारण कोमीलाई मात्र निसाना बनाएको हो।
वकिलहरूका अनुसार, यो मुद्दा राष्ट्रपतिले आफूलाई मन नपर्ने व्यक्तिलाई सजाय दिन चलाएको एउटा चाल मात्र हो।
अदालतमा बहसका क्रममा न्यायाधीश माइकल नाचमानोफले सरकारी वकिललाई अभियोगको प्रक्रियामा भएका त्रुटिहरूका बारेमा बारम्बार प्रश्न सोधेका थिए। अभियोजन पक्षका एक वकिलले अन्तिम अभियोग पत्र, जसमा दुईवटा आरोप मात्र थिए,पुरै निर्णायक मण्डल (ग्रान्ड जुरी लाई नदेखाइएको स्वीकार गरे। उनीहरूले पहिले तीनवटा आरोपसहितको कागज देखाएका थिए, जसमा एउटा आरोप अस्वीकृत भएपछि कागज ‘सच्याइएको’ थियो।
एनबिसीन्युजका अनुसार कोमीका वकिलहरूले यो गल्तीलाई मुद्दा खारेज गर्ने एउटा बलियो आधार मानेका छन्। ट्रम्पका पूर्व निजी वकिल तथा अभियोजनकर्ता लिन्डसे हलिगनले नै यो मुद्दा निर्णायक मण्डलमा लगेकी थिइन्, जसको अनुभवमाथि पनि प्रश्न उठेको छ।
न्यायाधीशले तत्काल फैसला सुनाएका छैनन्, तर उनले यो विषय धेरै गम्भीर र जटिल’ भएको बताएका छन्। कोमीमाथि सन् २०२० मा कङ्ग्रेस (संसद) मा झूटो बयान दिएको र अनुसन्धानमा अवरोध पुर्याएको आरोप लागेको छ।
प्रतिक्रिया