
पोर्चुगलका महान भकुण्डो खेलाडी क्रिस्टियानो रोनाल्डोले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरबका युवराज मोहम्मद बिन सलमानबीच ह्वाइट हाउसमा भएको भेटवार्तामा भाग लिएका छन्।
क्लब र राष्ट्रका लागि ९५० भन्दा बढी गोल गरिसकेका रोनाल्डो सन् २०२७ सम्म साउदी प्रो लिगको अल-नासर क्लबका लागि खेल्नका लागि अनुबन्धित छन्।

यो क्लब साउदी अरबको सार्वजनिक लगानी कोष को बहुमत स्वामित्वमा रहेको छ। उनले स्वयमले बिश्वकै सर्वाधिक धनाढ्य व्यक्ति इलन मस्कलाई समेत पछाडी राखेर स्वयमको तस्बिर ( सेल्फी)खिची सार्वजनिक समेत गरेका छन् ।
उनलाई राष्ट्रपति ट्रम्प नजिक कै टेबलमा राखिएको थियो । त्यसै गरि मस्क पनि त्यतै तिर बसेको तस्बिर सार्वजनिक भएको छ ।

प्रतिक्रिया