
नैरोबी , केन्या । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज , अफ्रिका च्याप्टरले महाकवी लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्ती कविता गोष्ठी आयोजना गरि मनाएको छ ।
कार्यक्रममा कविहरु आरसी राई , महेन्द्र भट्टराई बैशालु , तृष्षा कोइराला , गायत्री राई कुलुङ्ग ,कृष्णदत्त भट्ट र हिक्मत थापाले आ -आफ्ना रचना वाचन गरेका थिए ।
त्यसैगरी च्याप्टरका सल्लाहकार कुलबहादुर कार्कीले महाकवि देवकोटाको बारेमा आफ्ना विचारहरु प्रस्तुत गरेका थिए ।
गोष्ठीका प्रमुख अतिथि अनेसासका सल्लाहकार हिक्मत थापाले अफ्रिका महादेशका विभिन्न देशहरुबाट समेत महाकविलाई सम्झन पाउनु भनेको नेपाली भाषा साहित्य विस्तार र समृद्द हुँदै गएको सूचक हो ,उनले भने ।
अनेसास अफ्रिकाका अध्यक्ष कृष्णदत्त भट्टको अध्यक्षतामा सप्पन्न कार्यक्रमको संचालन महासचिव आरसी राईले गरेका थिए ।
प्रतिक्रिया