४२औं ए.एन.ए. क्यालगेरी सम्मेलनमा नाट्यकर्मी तथा साहित्यकार डा. गोविन्द रावत सम्मानित

इनेप्लिज २०८२ भदौ ११ गते ०:१६ मा प्रकाशित

क्यानडामा विगत २३ वर्षदेखि बस्दै आउनु भएका डा. गोबिन्दसिंह रावतलाई एशोसिएसन अफ नेपालिज् ईन अमेरिकाज (ए.एन.ए.) को ४२ औं क्यालगेरी सम्मेलनमा ए.एन.ए. र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अ.ने.सा.स.) ले आप्रवासमा रहेर नेपाली भाषा साहित्य, संस्कृति र समुदायको संवृद्धिका लागि वहाँको पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मान गरेको छ ।

सडक नाटकका एक प्रवर्तक डा. रावतले बाल्यकालदेखि नै रङ्गमञ्चको क्षेत्रमा लागेर नाटकको कार्यशाला गोष्ठी तथा प्रस्तुतिका माध्यमबाट भारत, नेपाल, ताइवान, हङ्कङ, बेलायत, नर्वे, कोरिया, फ्रान्स, जर्मन, अमेरिका, थाईल्याण्ड लगायतका देशहरूमा आफ्नो अभिनय तथा नृत्यकलामार्फत आम दर्शकहरूको मन जिति सक्नु भएको छ ।

नेपालमा रहँदा एक दशकभन्दा बढी गाईजात्रा कार्यक्रम तथा नाटक महोत्सवमा भाग लिई उत्कृष्ट अभिनय गर्नुभएका यहाँले स्वदेश तथा विदेशमा रहेर पनि नेपाली भाषा, साहित्यको प्रवद्र्धनमा लागिपरिरहनु भएको छ । विभिन्न विधाका दर्जनजति कृतिहरूको लेखन तथा प्रकाशन गरिसक्नुभएका डा. रावतद्वारा आधा दर्जनभन्दा बढी कृतिहरू सम्पादित छन् भने १८ वर्षदेखि खबर सम्प्रेषणा डट कम नामक अनलाईन समाचार पत्रिका प्रकाशन तथा सम्पादन गर्दै आइरहनुभएको छ ।

व्यक्ति एक, व्यक्तित्व अनेकले सुसम्पन्न वहाँ देश तथा विदेशमा नेपाली भाषा, साहित्य कलामार्फत पु¥याउनुभएको योगदानकै कारण रत्नश्री पदक (२०४२), लगायत विभिन्न सङ्घ–संस्थाबाट पुरस्कार तथा सम्मानबाट सुशोभित हुनुहुन्छ । वि.सं. २०३७ देखि संस्थागत रूपमा सर्वनाम नाट्य समूहको संस्थापक सदस्यका रूपमा कला क्षेत्रमा लाग्नु भएका वहाँले दर्जनभन्दा बढी सङ्घ–संस्थाको तहगत संरचनामा रही कार्य गरिसक्नुभएको छ ।

भक्तपुर बहुमुखि क्याम्पसमा प्राध्यापन गरी अवकास लिनु भएका डा. रावतले २०३९ सालदेखि ‘रसरङ्ग’ हाँस्यव्यग्ँय कार्यक्रमबाट रेडियो नेपालमा प्रवेश गरेर एक दशकभन्दा बढी समयसम्म ‘दिन–प्रतिदिन’ कार्यक्रम संचालन गरेभने रेडियो संगसंगै नेपाल टेलिभिजनको टेलीफिल्म र टेली श्रृङ्खलामा अभिनयसँगै निर्देशन र विभिन्न संस्थाका लागि टेलीचलचित्र निर्माण गरेका छन् ।

२०५२ सालमा पहिलोपटक नेपालमा आयोजित ‘अन्तर्राष्ट्रिय सडकनाटक महोत्सव’ मा संयोजक रहेका डा. रावतले संयूक्त नाटक निर्माणलाई निरन्तरता दिदै नेपाल, भारत, पाकिस्तान, बाङ्लादेश, हङ्कङ्ग, ताईवानसँग मिलेर संयुक्त नाटकको लेखन र निर्देशन गरेका छन् ।

क्यानडा आएर यहाँका विभिन्न संघसंस्थासँग आवद्ध भएर ‘नेपाली मेला हिमालय फेस्टिभल’ को संस्थापक संयोजकका अतिरिक्त नेपाली साहित्य समाज–क्यानडा, पशुपति मन्दिर, एन.आर.एन, क्यानडा आदिको संस्थापक सदस्य भएर नेपाली भाषा भाषा साहित्य संस्कृति संरक्षण तथा प्रवर्धनमा आवद्ध रहँदै आउनु भएको छ ।

नेपाली टोपी दिवसका प्रवर्तक डा. रावतले देश–विदेशमा छरिएर रहेका नेपालीभाषी एवं अन्य भाषीहरूका हृदयमासमेत बस्न सफल हुनुभएर नेपाली भाषा, साहित्य कला, संस्कृतिको क्षेत्रमा पु¥याउनुभएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै एएनए क्यालगरी सम्मेलनका अवसरमा वहाँको सम्मान गर्दै सम्मानपत्र प्रदान गरीएको थियो ।

प्रतिक्रिया