न्यूयोर्कमा मनाईयो २१२ औं भानु जयन्ती

इनेप्लिज २०८२ साउन १५ गते २२:१९ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरको आयोजनामा च्याप्टरका अध्यक्ष साहित्यकार लक्ष्मी श्रेष्ठको अध्यक्षतामा २१२ औं भानुजयन्ती कार्यक्रम न्यूयोर्क ज्याक्सन हाईट्स भान्छा घरको सभा कक्षमा बिभिन्न कार्यक्रमका साथ भब्यताका साथ सु-सम्पन्न भयो।

गत जुलाई २७, २०२५ का कार्यक्रम सम्पन्न भएको हो । अनेसासका आजीवन सदस्यहरू, साहित्यकारहरु तथा साहित्यनुरागी महानुभावहरुको उपस्थितीमा आदिकवि भानुभक्त आचार्यको परिचयात्मक बिवरण, बिभिन्न स्रष्टाहरुबाट कविता, गित, गजल, मुक्तक तथा हाईकु बाचन, साहित्यकार श्रष्टा सम्मान आदि कार्यक्रमहरू समावेश गरिएको थियो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि साहित्यकार राजेन्द्र श्रेष्ठ रहनु भएको थियो भने बिशेष अतिथिमा नेपालबाट हाल अमेरीकाको भ्रमणमा रहनुभएका नेपाल भाषाका कवि अमृतमान जा रहनु भएको थियो।

भानुभक्तलाई स्मरण गर्ने क्रममा प्रमुख अतिथि, अध्यक्ष, बिशेष अतिथिहरुले आदिकवि भानुभक्त आचार्यको तस्बिरमा पुष्प माला अर्पण गरी आदिकवि प्रति श्रद्धा सुमन अर्पण गर्नुको साथै प्रमुख अतिथि राजेन्द्र श्रेष्ठ ज्युले पानसमा दियो प्रज्वलन गरी कार्यक्रमको श्री गणेश गर्नुभएको थियो ।

कार्यक्रमको थालनिमा च्याप्टरका महासचिव नदिया लिबांगको साथ उपस्थित समुहद्वारा सामूहिक नेपाली राष्ट्रियगान प्रस्तुत गरीएको थियो भने अमेरीकी राष्ट्रियगान पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रममा अनेस स न्युयोर्क च्याप्टरका सदस्य साहित्यकार शारदा क्षेत्रीले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो। तारा किशन फ़ाउण्डेशनका संस्थापक साहित्यकार किशन सिंह धामीले आदिकबि भानुभक्त आचार्यको बारेमा प्रकाश पार्दै आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार राजेन्द्र श्रेष्ठलाई च्याप्टरका अध्यक्ष लक्ष्मी श्रेष्ठले दोसल्ला, पुष्प गुच्छा र सम्मान पत्रले सम्मान गर्नु भएको थियो भने बिशेष अतिथि साहित्यकार अमृत मान जा ज्यु एबं च्याप्टरका पूर्ब अध्यक्ष साहित्यकार राजन महर्जन ज्युलाई उहाँको पहिलो कृति “अड टु यल” अँग्रेजी कविता संग्रह प्रकाशित भएको खुसीयालीमा न्युयोर्क च्याप्टरको तर्फबाट दोसल्ला र पुष्प गुच्छाले सम्मान गर्नुभएको थियो।

सम्मान गर्ने क्रममा अनेसास च्याप्टरका पूर्ब अध्यक्ष एबं केन्द्रका केन्द्रीय सदस्य साहित्यकार शकुन ज्ञवालीले पनि साहित्यकारद्वय राजन महर्जन एबं बिशेष अतिथि अमृतमान जा ज्युलाई दोसल्लाले सम्मान गर्नु भएको थियो।

यसैक्रममा अनेसास च्याप्टरका पूर्ब अध्यक्ष साहित्यकारहरु पूनम काफ्ले, राजेन्द्र श्रेष्ठ, शकुन ज्ञवाली, राजन महर्जन साहित्यकारहरु कुन्ती थापा, किसन सिंह धामी, भरत शाक्य, अमृत मान जा, शारदा क्षेत्री, किरण काफ्ले, तुलसी नारायण चित्रकार, जीवन दास सुनार लगायत टुटुल्को डट.कमका प्रधान सम्पादक एबं मुक्तक मन्च अमेरीकाका सचिव ज्योति कुमार श्रेष्ठ सबैले आदिकवि भानु भक्तलाई श्रद्धा सुमन अर्पण गर्दै कार्यक्रममा आ-आफ्ना सुन्दर रचनाहरु कविता, गित, गजल मुक्तक र हाईकु पनि वाचन गर्नुभएको थियो।

कार्यक्रमलाई अघि बढाउँदै प्रमुख अतिथि साहित्यकार राजेन्द्र श्रेष्ठले अनेसास न्युयोर्क च्याप्टरलाई धन्यबाद दिंदै उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यबाद, आभार ब्यक्त गर्दै नेपाली भाषा, कला र संस्कृतिलाई बचाउन हामी सबैले एकजुट भएर अधि बढ्नुपर्ने कुरामा जोड दिनु भएको थियो।

अन्तमा कार्यक्रमका अध्यक्ष लक्ष्मी श्रेष्ठले आदिकवि भानुभक्त आचार्यलाई उहाँकै कविताको एक स्लोक पढेर उहाँप्रति श्रद्धा सुमन अर्पण गर्दै आफ्नो कविता वाचन गर्नुको साथै २१२ औं भानु जयन्ती मनाउन उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यबाद एबं बिशेष आभार ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो।

तीन घण्टा सम्म सन्चालन भएको उक्त बिशेष कार्यक्रमको संचालन च्याप्टरका महासचिव नदिया लिबांगले गर्नुभएको थियो।

प्रतिक्रिया