कोलम्बिया र पोर्चुगलबीचको रोमाञ्चक भिडन्त गोलरहित बराबरीमा

इनेप्लिज २०८३ असार १४ गते १:३८ मा प्रकाशित
Screenshot

फिफा विश्वकप भकुन्डो प्रतियोगिता २०२६ को समूह ‘के’ अन्तर्गत भएको मायामी रॅगशालामा भएको खेलमा कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन्। 

दुवै टोलीले समूह विजेता बन्ने लक्ष्यका साथ मैदानमा उत्रिएका थिए, तर खेलभरि नै उत्कृष्ट रक्षात्मक प्रदर्शन र गोलकिपरहरूको चपलताका कारण कुनै पनि टोलीले गोल गर्न सकेनन्।

खेलको पहिलो मिनेटदेखि नै दुवै टोली निकै आक्रामक रूपमा देखिएका थिए। क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगल र जेम्स रोड्रिग्वेजको कप्तानीमा रहेको कोलम्बियाबीचको यो भिडन्तमा दुवै पक्षबाट गोल गर्ने थुप्रै प्रयासहरू भए। 

खेलको १६औं मिनेटमा कोलम्बियाका जोन कोर्डोभाको प्रहारलाई पोर्चुगलका गोलकिपर डियोगो कोस्टाले उत्कृष्ट ढङ्गले बचाएका थिए, जुन खेलको सबैभन्दा महत्त्वपूर्ण क्षण रह्यो।

कोलम्बियाले विशेष गरी सान्टियागो एरियसमार्फत खेलको लय समात्ने प्रयास गरिरहेको थियो भने पोर्चुगलका लागि ब्रुनो फर्नान्डेजले आक्रमणको नेतृत्व गरेका थिए। 

मध्यान्तर पछि दोस्रो पनि दुवै टोलीले जितका लागि निकै प्रयास गरे, तर अन्ततः रक्षात्मक कमजोरी नहुँदा नतिजा गोलरहित नै रह्यो।

यस बराबरीसँगै कोलम्बिया समूह ‘के’ को शीर्ष स्थानमा कायम छ भने पोर्चुगल दोस्रो स्थानमा छ। दुवै टोली यसअघि नै बाहिरिने (नकआउट) चरणमा प्रवेश गरिसकेका छन्। 

मायामीको गर्मी र उच्च आर्द्रताबीच पनि दुवै टोलीले उच्च स्तरको खेल प्रदर्शन गरेका थिए।

यो खेल फिफा विश्वकपमा यी दुई राष्ट्रबीचको पहिलो प्रतिस्पर्धा थियो। 

प्रतिक्रिया