
अमेरिका र इरानबीच पछिल्लो समय खाडी क्षेत्रमा बढेको सैन्य तनाव कम गर्न र कूटनीतिक वार्ताको ढोका खोल्न सहमति जुटेको छ। सॅचार माध्यमहरुका समाचारका अनुसार दुई देशबीच भएको सैन्य झडप र आक्रमणको श्रृङ्खलालाई रोक्न यो कदम चालिएको हो।
केही दिनयता हर्मुज जलडमरूमा एक कार्गो जहाजमा इरानले आक्रमण गरेपछि दुवै पक्षबीच आरोप-प्रत्यारोप चलिरहेको थियो।
जुन १७ मा भएको युद्धविराम सम्झौता भङ्ग भएको भन्दै अमेरिका र इरानले एक-अर्कालाई दोष दिइरहेका थिए।
आइतबार बिहान मात्रै इरानले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी क्षेप्यास्त्र र मानव रहित यान(ड्रोन )प्रहार गरेको थियो।
सोही समयमा राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै यदि शान्ति सम्झौताको पालना नगरे कडा कदम चाल्ने बताएका थिए।
यद्यपि, यी सबै घटनाक्रमका बीच दुवै देश वार्ताको टेबुलमा बस्न राजी भएका छन्।
एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार कतारमा आउँदो मंगलबार दुवै पक्षका प्रतिनिधिहरूबीच भेटवार्ता हुनेछ।
यो वार्ताले दुवै देशबीचको तिक्तता अन्त्य गर्न र हालैका दिनहरूमा देखिएको युद्धको खतरालाई टार्न मद्दत गर्ने विश्वास गरिएको छ।
यद्यपि, ह्वाइट हाउसले यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन र अन्य अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले पनि यसको स्वतन्त्र रूपमा पुष्टि गर्न बाँकी नै छ।
प्रतिक्रिया