मिसिसिपीमा भएको गोलीकाण्डमा दुई महिला र एक बालकको मृत्यु ; आरोपी फरार, अनुसन्धान तीव्र

इनेप्लिज २०८३ असार १४ गते १९:०० मा प्रकाशित

अमेरिकाको मिसिसिपी राज्यको ज्याक्सन शहरमा शनिबार राति भएको गोलीकाण्डमा दुई जना युवती र एक साना बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार घटनाको मुख्य आरोपी हालसम्म फरार रहेको छ र उसलाई “हथियारसहित खतरनाक” मानिएको छ।

ज्याक्सन प्रहरी विभागका अनुसार राति करिब १०:१० बजे*“गम्भीर आक्रमण” भएको जानकारी आएपछि प्रहरी टोली क्विन अलेक्जेन्ड्रिया लेन क्षेत्रको घरमा पुगेको थियो। त्यहाँ पुगेपछि प्रहरीले दुई युवती र एक बालकलाई गोली लागेर मृत अवस्थामा फेला पारेको जनाएको छ।

प्रहरी प्रमुख राशाल ब्र्याक्नीका अनुसार यो घटना तीन जनाको हत्या हो। उनले भने, “दुई जना २० वर्ष आसपासका युवती र एक साना बालकलाई धेरै पटक गोली लागेको थियो।”

परिवारलाई पहिले जानकारी दिने प्रक्रिया जारी रहेकोले तीनै जनाको पहिचान अझै सार्वजनिक गरिएको छैन ।

प्रहरीले घटनामा संलग्न संदिग्धलाई खोजिरहेको छ। आरोपी रातो रंगको २०२० मित्सुबिसी मिराज कारमा भागेको हुन सक्ने बताइएको छ, जसको दर्ता संख्या अर्थात् नम्बर प्लेट एचएसआई २०५ अर्थात् HSI 205 हो।

प्रहरीले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गर्नुको साथै कुनै जानकारी भएमा तुरुन्त प्रहरीलाई सम्पर्क गर्न भनेको छ। अनुसन्धान जारी छ।

प्रतिक्रिया