
अमेरिकाको भर्जिनिया राज्यको मनासास पार्क शहरमा आफ्नी श्रीमती ममता काफ्ले भट्टको हत्या अभियोगमा पक्राउ परेका नरेश भट्टको मुद्दा अब २०२६ को अक्टोबर सम्म ढिलाइ हुने भएको छ।
गत जुलाई १८ शुक्रबारका दिन अदालतले निर्णय सुनायो । जसको कारण परिवार र समुदायमा निराशा छाएको छ । समुदाय आगामी सेप्टेम्बरमै सुनुवाई हुने कुरामा ढुक्क थिए तर वकिलहरूले थप प्रमाण अध्ययन गर्न समय चाहिएको भन्दै मुद्दा सारिएको माग पछि न्यायाधीशले १४ महिनाको म्याद थप गर्दै मुद्दा अक्टोबर ५ देखि नोभेम्बर १९, २०२६ बीच चलाउने निर्णय गरिन् ।
नरेश भट्टमाथि प्रथम श्रेणी हत्या, शव लुकाउने र अपमान गर्ने गम्भीर आरोप लागेका छन्। पत्रकार सच्ची मैनालीले यो मुद्धामा थुप्रै अन्तर्वार्ताहरु गरेकी छिन् । उनले नरेश भट्ट लगायत ममता काफ्लेका आमा ,नरेश भट्टका साथी लगायतलाई लिएको सशक्त अन्तर्वार्ताको कारण साँक्षीको हैसियतमा नेपाली समुदायको प्रतिनिधित्व गर्दै सुनुवाईमा सहभागी हुने अवसर पाएकी छन् ।
उनले गत शुक्रबार जुलाई १८ मा भएको निर्णय पछि लिएको बिशेष अन्तर्वार्ता हेर्न यहाँ थिच्नु होला :
प्रतिक्रिया