नेपाल फेसन फेस्टिवल बाल्टिमोरमा – जून २२ मा नेपाली सांस्कृतिक शैलीमा फेसन धमाका

इनेप्लिज २०८२ असार ७ गते ०:१४ मा प्रकाशित

बाल्टिमोर, फेसन, कला र संस्कृतिको एक अविस्मरणीय साँझ आगामी जून २२, आइतवारको दिन एजवुड, एमडीमा हुँदैछ,जहाँ प्रतिष्ठित फेशन कोरियोग्राफर तथा प्रशिक्षक प्रशान्त ताम्राकारद्वारा नेतृत्व गरिएको नेपाल फेसन फेस्टिवल आयोजना हुँदैछ।

यो सामान्य फेसन शो होइन — यो फेसन, संगीत र नृत्य मिसिएको परफर्मिङ आर्ट्स इन फेसन अनुभव हो, जसले तपाईंको मन, मस्तिष्क र जीवनलाई छुनेछ । कार्यक्रम आईतबार साँझ ७ बजे देखि शुरु हुनेछ, 1700 Van Bibber Road, Edgewood मा सुरु हुनेछ, रमाईलो संगै रंगीन र अविस्मरणीय बन्नेछ ।

टिकट मूल्य २५ डलर मात्र छ, जुन www.team8848.com मा सहजै खरिद गर्न सकिन्छ।

प्रस्तुत हुनेछ:

आकर्षक फेसन शो

सशक्त सांगीतिक र नृत्य प्रस्तुती

स्टाइलिश र ऊर्जाशील फेशन

आउनुस् , किनभने यो साँझ फेसन मात्र होइन, संस्कृति र सिर्जनाको उत्सव हो।

बाल्टिमोर, डिसी वा भर्जिनियामा हुनुहुन्छ भने, यो साँझ तपाईको लागि हो। कोहि नछुटौं ।

प्रतिक्रिया