ईनेप्लीज
९ जुन २०२५
वाशिंगटन डिसी – अमेरिकाको राजधानी क्षेत्रमा नेपाली डाक्टर , नर्शहरूले सन्चालन गरेको “ हिमालय फ्रि: क्लिनिक , भर्जिनिया “ ले दुई हज़ार बढ़ी नेपालीहरूलाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।
१८ बर्ष पहिले सन् २००७ मा स्थापना भए देखि हालसम्म नियमित रूपमा सन्चालन भैरहेको यो नि:शुल्क क्लिनिकमा आफ्नो निजी काम छोडी छोडी अनवरत रूपमा खटेर क्लिनिक सन्चालनमा मु्ख्य भुमिका निभाउने स्वयंसेविका हुन् अमेरिकामा कार्यरत नेपाली नर्शहरूको संस्था “ सान “ की अध्यक्ष मन्जु संग्रौला र नर्थ अमेरिकाको पहिलो संस्था अमेरिका नेपाल सोशाईटी का पूर्ब अध्यक्ष प्रेम संग्रौला मुख्य स्वयंसेवकको रूपमा खटिरहेका छन् ।
यही जुन ७ तारिख गत: शनीबार सन्चालन भएको “ हिमालय फ्रि: क्लिनिक “ को नियमित क्लिनिकमा पहिलो पटक पुगेर ब्लड प्रेसर , कोलोस्ट्रोल , मधुमेह ( सुगर ) ए०वान०सी० , मुटु रोग को ई० सि० जी० ( ईकेजी ) सबै एकै दिन एक्कै छिन् मै नि:शुल्क जॉच गरेर तुरून्तै उत्नीखेरै सबै ल्याब रिपोर्ट नेपाली डाक्टरलाई देखाएर सबै सेवा नि:शुल्क पाउंदा ख़ुशी भएकी नेपालकी आदिबासी जनजाती महिला नेतृ कुसुम भट्टचनले भनिन् : अमेरिकाको अस्पतालहरूमा भए एप्वाएन्टमेन्ट लिंदा लिंदा हैरान भएर तिन महिनामा सकिने स्वास्थ्य जॉच ( चेक अप् ) एकै दिनमा एक्कै छिनमा पो हुंदोरैछ र नर्श , डाक्टर संग नेपाली भाषा मै बोल्न पाउंदा बहुतै सज़िलो पो हुंदो रैछ – क्लिनिकका पेसन्ट कुसुम भट्टचनले बताईन् ।
गत: शनिबारको नियमित क्लिनिकमा डा० दान बहादुर बिश्वकर्मा र डा० अनिल रेग्मीले बिरामीहरू जॉचेका थिए । स्वास्थ्य परिचारिका ( नर्श ) को रूपमा खटेका थिए :- मन्जु संग्रौला , शान्ती भट्ट , युक्ता रेग्मी , मिना पाण्डे , जानुका श्रेस्ठ , सुशिला सापकोटा र प्रयोगशाला प्राबिधिक ( ल्याब टेक्निसिएन ) थिए लोकेश अधिकारी ।
अमेरिकाका लागी पूर्ब नेपाली राजदूतहरू डा० शंकर शर्मा ( हाल: भारतका लागी नेपाली राजदूत ) , डा० अर्जुन कुमार कार्की , डा० युबराज खतिवडा , श्रीधर खत्री सबै राजदूतहरूले हिमालय फ्रि: क्लिनिक अवलोकन गरेर स्वयंसेवकहरू , प्राबिधिकहरू , नर्शहरू र डाक्टरहरूलाई प्रसंशापत्रले सम्मान गरेका छन् ।
ईनेप्लीज र डिसीनेपालले नियमितरूपमा न्युज कभरेज गरीरहेको छ ।
हिमालय फ्रि: क्लिनिकमा
नेपाली डाक्टरसंग नि:शुल्क जंचाउन समय लिने ( एप्वाएन्टमेन्ट लिनको लागी
) फ़ोन नम्बर यहॉ छ :
२०२-३४१-८६९६
मन्जु संग्रौला
प्रतिक्रिया