भारतमा भएको गम्भीर हवाइ दुर्घटनामा कम्तीमा १०० जनाले ज्यान गुमाएका छन्।
रोयटर्स समाचार संस्थाका अनुसार एयर इण्डियाको विमान दुर्घटना भएपछि जीवित उद्धारको सम्भावना नरहेको स्थानीय प्रहरी आयुक्तले एपीलाई जानकारी दिएका छन्।
दुर्घटनाको विस्तृत विवरण अझै आउन बाँकी भए पनि प्रारम्भिक विवरण अनुसार विमान अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको हुनसक्ने अनुमान गरिएको छ। उद्धार टोली घटनास्थलमा परिचालन गरिएको छ।
यसअघि सन् २०२० को अगस्त महिनामा एयर इण्डिया एक्सप्रेसको बोइङ ७३७ विमान दक्षिण भारतको एक पहाडी धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त हुँदा २१ जनाको मृत्यु भएको थियो।
भारतको इतिहासमै सबैभन्दा भयावह हवाइ दुर्घटना सन् १९९६ नोभेम्बर १२ मा भएको थियो । साउदी अरेबियन विमान र काजाकिस्तान बिमानसेवाका दुई विमानहरू हरियाणा नजिक आकाशमै ठोक्किँदा ३४९ जनाको ज्यान गएको थियो।
यस पछिल्लो घटनापछि अन्तर्राष्ट्रिय समुदायबाट समवेदना प्रकट भइरहेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलाई आधिकारिक सन्देश पठाउँदै गहिरो शोक व्यक्त गरेका छन्।
सरकारी तहबाट दुर्घटनाको छानबिन थालिएको छ। जनधनको क्षतिले देशभर शोकको लहर फैलिएको छ।
प्रतिक्रिया