नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) को छैठौँ वार्षिक सभा सम्पन्न, आफू ३ महिना पछि नेपाल पुगेको अनुभुती भएको छ : राजदूत रेग्मी

इनेप्लिज २०८२ जेठ २७ गते १:०२ मा प्रकाशित

नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) को छैठौँ वार्षिक सभा सफलता पुर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत लोक दर्शन रेग्मी प्रमुख अतिथि रहेका थिए ।

राजदूत रेग्मीले आफ्नो प्रमुख अतिथिको मन्तब्य राख्दै सबै भन्दा पहिले दुताबासलाई आमन्त्रित र मौका दिएको उनले बिशेष धन्यवाद दिए । राजदूत भए आए पछि सबै भन्दा पहिले नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)को कार्यक्रममा आएको बताए । नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)का अध्यक्ष डा मदन उप्रेतीले न्याकका अहिले सम्म भएका गतिविधि ,प्रगति र भै रहेका बारेमा प्रस्तुतीको सन्दर्भ निकाल्दै राजदुतले आफू ३ महिना पछि नेपाल पुगेको अनुभुती भएको बताए ।

राजदुतले अगाडी भने मूलुक बाहिर जहा गए पनि नेपालीले राम्रो गर्ने र यो सामूदायिक केन्द्रले गरेको प्रगतिबाट आफू प्रभावित भएको जनाए । यसपरियोजनाको लागि सहयोग धेरै ,थोरै ,मझौला र जे जस्तो सहयोग र योगदान गर्ने सबै प्रति कृतज्ञता व्यक्त गरे । उनले नेपाल सरकार ,राजदुताबास ,आफ्नो व्यक्तिगत तर्फबाट योगदान गर्नु हुने सबै प्रति आभार व्यक्त गर्दै गर्व लागेको बताए ।

राजदुत भए पछि अमेरिकी विदेश बिभाग ,व्हाइट हाउस ,नेपाली समुदाय ,बाटोघाटो सबै तिर ध्यान पुर्याउनु हुन्छ । उनले एक सवारी साधनमा च्यालेन्ज असेप्टेड अर्थात् चुनौती स्वीकार छ भने लेखेको सन्दर्भमा यस संस्थाको चुनौती पनि रहेको भन्दै आगामी दिन अब आउने नयाँ पुस्ताले यहाँहरुले गर्दै गरेको कामलाई सहर्ष स्वीकार गर्नु हुनेछ भन्ने लागेको बताए ।

उनले अगाडी भने अघिल्लो पुस्ताले पछिल्लो पुस्ताको निर्माण गरि रहेको हुन्छ । अहिलेको पुस्ताले यो अभियानमा अत्यन्तै राम्रो गरेको आफूलाई लागेकोले पछिल्लो पुस्ता अझ अब्बल छ अर्थात् चुनौती स्वीकृत गरेर बसेको छ भन्ने आफूलाई विश्वास भएको बताए । राजदुतलले यहाँहरुको सबैको साथमा रहेर अमेरिका र नेपालको सुमधुर सम्बन्ध राम्रो भएको उल्लेख गर्दै यसलाई अझ राम्रो बनाउन हाम्रो प्रयास रहेमा र दुवै देशको सम्बन्ध अझ बलियो भएमा दुतबासको पनि राम्रो हुने र हामी सबैको लागि राम्रो बताए ।

नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) को छैठौँ वार्षिक सभाको सभापतित्व बोर्ड अफ ट्रस्टी (बिओडी)का सभापति अरुण रुपाखेतीले गरेका थिए भने कार्यक्रम संचालन संस्थाका महासचिब डा.लेखनाथ अधिकारीले गरेका थिए ।

कार्यक्रमको प्रारम्भमा दुई दिने आयोजना भएको भकुण्डो तथा पिकलबलका बिजेता तथा खेलाडीहरुलाई पदक वितरण गरिएको थियो । राजदुत रेग्मी ,अध्यक्ष उप्रेती ,र बिओटी सभापति रुपाखेतीले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा महासचिव डा लेखनाथ अधिकारी तथा कोषाध्यक्ष केशव बरालले बार्षिक प्रतिवेदनको साथै न्याकको प्रगति बिबरण स्वयम् अध्यक्ष डा मदन उप्रेतीले प्रस्तुति गरेका थिए । समूदायको तर्फबाट एएनएका अध्यक्ष खगेन्द्र अधिकारीले बोल्नुका साथै क्यानडामा हुने एएनए सम्मेलनमा सबैलाई आमन्त्रण गरे ।

बिभिन्न व्यक्तित्वहरुले समेत आफ्नो मन्तब्य राखेका थिए भने कार्यक्रमको बीचमा बालबालिकाहरुको प्रस्तुति पनि राखिएको थियो ।

प्रतिक्रिया