लस एञ्जलसमा प्रदर्शनको क्रममा प्रहरी र सरकारी गाडीमाथि ढुंगा प्रहार गरेको आरोप लागेका एक व्यक्तिको खोजीमा एफबीआई (संघीय अनुसन्धान ब्युरो) जुटेको छ। घटना सान फ्रान्सिस्कोको नजिकै रहेको प्यारामाउन्ट क्यालिफोर्नियामा शनिबार दिउँसो करिब ३:३० बजे भएको थियो।
एफबीआईका अनुसार, उक्त व्यक्तिले अलन्ड्रा ब्लुभर्ड क्षेत्रमा प्रहरी गाडीहरूमाथि ढुंगा प्रहार गर्दा एक संघीय अधिकारी घाइते भएका थिए । र , केही सरकारी सवारी साधनमा क्षति पुगेको थियो।
एफबीआईले उक्त अभियुक्तबारे जानकारी दिने जो–कोहीलाई ५०,००० अमेरिकी डलरसम्मको इनाम दिने घोषणा गरेको छ।
एफबीआईका उप–निर्देशक ड्यान बोंजिनोले भने, “हामी हिंसा रोज्नेहरूमाथि अनुसन्धान गर्न सबै सम्भव उपाय अपनाउनेछौं।” उनले थपे, “संघीय अधिकारीमाथिको आक्रमणका सम्बन्धमा हामीले पहिले नै थुप्रै गिरफ्तारी गरिसकेका छौं, र हामी बाँकी दोषीहरूमाथि पनि अनुसन्धान गर्दैछौं।”
एफबीआईले यो प्रकरणलाई संघीय अधिकारीमाथिको आक्रमणको रूपमा लिएको छ, जुन अमेरिकी कानून अन्तर्गत गम्भीर अपराध मानिन्छ।
प्रदर्शन हिंसात्मक बन्दै गइरहेका बेला संघीय निकायले यस्तो कदम चाल्नु राष्ट्रपति ट्रम्पको लस एञ्जलसमा “कडा कानून र व्यवस्था” कायम गर्ने घोषणापछि आएको हो।
एफबीआईले आम जनतालाई उक्त व्यक्ति चिन्ने वा घटनाबारे कुनै पनि सूचना छ भने सम्पर्क गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया