अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीको अन्तर्राष्ट्रिय सञ्जालमा कारबाही गर्दै १२ देशमा गरिएको अपरेशनमा २० जना पक्राउ परेकाे जनाएको छ।
स्पेनको नेतृत्वमा गरिएको उक्त कारवाही गत वर्षको अन्त्यतिर सुरू भएको हो । प्रहरीले अंतर्जाल (इन्टरनेट)मा बाल यौन शोषणका तस्बिरहरू आदान प्रदान गरिने सन्देश समूहहरू पहिचान गर्यो।
स्पेनी प्रहरीले ७ जना संदिग्धलाई पक्राउ गरेको छ, जसमा एक स्वास्थ्यकर्मी र एक शिक्षकसमेत छन्। स्वास्थ्यकर्मीले पूर्वी युरोपका किशोरकिशोरीहरूलाई अश्लील तस्बिरका लागि पैसा दिएको आरोप लागेको छ भने शिक्षकले विभिन्न बिधुतिय मंच (अनलाइन प्लेटफर्म)मार्फत बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री राखेको र बाँडेको आरोप छ।
ल्याटिन अमेरिकी देशहरूमा १० जना संदिग्ध पक्राउ परेका छन्, जसमा एल साल्भाडोरमा ३ जना र पानामामा एक शिक्षक समावेश छन्। बाँकी संदिग्धहरू युरोप र अमेरिकाका विभिन्न भागहरूबाट पक्राउ परेका हुन्।
इन्टरपोलले हालसम्म थप ६८ जना संदिग्ध पहिचान भइसकेको र अनुसन्धान जारी रहेको जनाएको छ।
प्रतिक्रिया