अब बुझेँ: इलन मस्कको आलोचनापछि ट्रम्पको कडा जवाफ – उनले यो महिनौं अघि यस्तो गर्नुपर्थ्यो

इनेप्लिज २०८२ जेठ २३ गते २२:२३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत इलन मस्कप्रति प्रतिक्रिया दिएका छन्। उनले भने, “इलन मेरो विपक्षमा जानु सामान्य हो, तर यस्तो काम उनले महिनौं अगाडि गर्नुपर्थ्यो।”

ट्रम्पले खर्चसम्बन्धी विधेयकको प्रशंसा गर्दै भने, “यो समस्या मैले सिर्जना गरेको होइन, म त यसलाई समाधान गर्न आएको हुँ।”

जब एलन मस्कले एक्समा राष्ट्रपति ट्रम्पमाथि आलोचना जारी राखे, ट्रम्पले पनि ट्रुथ सोसलमा जवाफ फर्काए ।

ट्रम्पले लेखे, “मैले उनलाई बाध्यकारी विद्युतीय सवारी योजना हटाइदिएको थिएँ । जसले सबैलाई इभि किन्न बाध्य बनाएको थियो – जुन उनले महिनौं अगाडि देखि जान्दथे! त्यसपछि उनी पागल जस्तो भए।”

अर्को प्रकाशनमा ट्रम्पले लेखे, “हाम्रो बजेटमा बिलियन डलर जोगाउने सबैभन्दा सजिलो तरिका भनेको इलन मस्कका सरकारी अनुदान र ठेक्काहरू समाप्त गर्नु हो। मलाई सधैं आश्चर्य लाग्थ्यो कि बाइडेनले यो किन गरेनन्!”

यसबीच, सभामुख माइक जोनसनले इलन मस्कको आलोचनालाई एक्समा जवाफ दिएका छन्। मस्कले २०२३ मा जोनसनले ऋणबारे बोलेको पोष्ट पुनः साझेदारी गर्दै लेखेका थिए, “२०२३ को माइक जोनसन अहिले कहाँ छन् !?” त्यसको जवाफमा जोनसनले विस्तृत प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया