ताजा समाचार : अमेरिकाको कोलोराडो राज्यको बोल्डरमा नेपाल परेड नजिकै लक्षित आतंकवादी आक्रमण भएको छ । बोल्डर प्रहरीका अनुसार उक्त घटना त्यहाँ स्थित पर्ल स्ट्रिट मलमा भएको जनाएको छ । सामाजिक संजालमा धमाधम घटनाका तस्बिर र श्रब्यदृश्य(भिडियो)हरु धमाधम राखिने क्रम जारी रहेको छ ।
प्रहरी अधिकारीहरूले त्यो क्षेत्र खाली गर्न अनुरोध गरिरहेका छन्। कैयौ व्यक्तिहरु घाइते भएको प्रहरीले जनाएको छ । एक जना अज्ञात व्यक्तिले आगलागी लगाउने उपकरण फ्याके पछि स्थिति तनाव बनेको हो । प्रहरीले शंकास्पद व्यक्तिलाई गिरफ्तार गरेको छ ।
उक्त व्यक्तिले इजरायलको समर्थन गर्ने व्यक्तिहरुलाई आगो लगाउने विस्फोटक पदार्थ फ्याकेका थिए । नेपाल परेडमा सहभागी भएका एक नेपाली भोला कटुवालले आफ्नो सामाजिक संजालमा नजिकै आतंकवादी हमला भएको तर हामी सुरक्षित छौ भनि लेखेका छन् ।
एफबिआई तथा राज्य प्रहरीहरु घटनास्थलमा आई पुगेका छन् ।
प्रतिक्रिया