अमेरिकाको जर्जिया राज्यकी १९ वर्षीया किशोरी जिमेना एरियास-क्रिस्टोबललाई यातायात नियम उल्लंघन नभए पनि प्रहरीले गलत तरिकाले पक्राउ गरी अमेरिका प्रवेश अबैध रुपमा भएकोले आइसिइले उनलाई थुन्यो । पछि उनी धरौटीमा रिहा भइन्।
एरियासले पक्राउ गर्ने प्रहरी अधिकृतलाई माफी दिएकी छन्। उनले भनेकी छिन्, “म उनीसँग रिसाएको छैन। म एक क्रिस्चियन हुँ र बाइबलले गलत गर्नेहरुलाई माफ गर्न भनिरहेको छ।”
तर उनले प्रहरी अधिकृतले उनलाई दुर्व्यवहार गरेको र अभद्र व्यवहार गरेको पनि बताइन्। अधिकृत लेस्ली ओ’नियलले प्रहरी विभागबाट राजीनामा दिएका छन्।
एरियासले भनिन्, “मेरो जीवन रोकिएको छ, तर म पढाइ जारी राख्नेछु। मेरो परिवार र भगवानमाथि विश्वास छ जसले मलाई अघि बढ्न मद्दत गरिरहेको छ।”
उनी भन्छिन्, “धेरै अप्रवासीहरुले अमेरिका भित्र अन्याय भोगिरहेका छन् र तिनीहरु अपराधी होइनन्।” स्थानीय अधिकारीहरूले पनि घटनाको अनुसन्धान गर्दै यो गिरफ्तार अनुचित भएको बताएका छन्।
प्रतिक्रिया