अमेरिकी विद्यार्थी प्रवेशाज्ञा (भिसा) स्थगनले विश्वभरका विद्यार्थी आक्रोशित: “हामी अब पछुतो गर्दैछौं”

इनेप्लिज २०८२ जेठ १६ गते ०:२५ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी विद्यार्थी प्रवेशाज्ञा(भिसा)भेटघाट समय (एपोइन्टमेन्ट)हरू अस्थायी रूपमा रोक्ने निर्णय गरेपछि विश्वभरका विद्यार्थीहरू तनाव, अन्योल र निराशामा परेका छन्। अमेरिकाको विदेश विभागले सामाजिक सञ्जाल जाँच कडा बनाउन लागेकाले प्रवेशाज्ञा प्रक्रिया रोकिने सरकारी ज्ञापन सार्वजनिक भएको हो।

यो कदम ट्रम्पद्वारा उच्च शिक्षा प्रणालीमा भइरहेको कडाइको हिस्सा हो। उनले हावर्ड विश्वविद्यालयमाथि विदेशी विद्यार्थीहरू भर्ना नगर्न दबाब दिएका छन्, र “परिसरमा यहूदी विरोधी सोच बढेको” आरोप लगाएका छन्। हावर्डले अदालतमा मुद्दा हालेपछि उक्त प्रतिबन्धमा हाल रोक लगाइएको छ।

शाङ्घाईकी एक उच्च शिक्षाकी छात्राले भनिन्, “प्रवेशाज्ञा (भिसा) स्वीकृत भए पनि अब अमेरिका गएर उपाधि (डिग्री )नपाउने डर लागिरहेको छ।” त्यस्तै भारतका ऐनुल हुसेनले प्रवेशाज्ञा (भिसा )ढिलाइले छात्रवृत्ति गुम्ने जोखिम रहेको बताएका छन्।

बिबिसीका अनुसार बेलायतका विद्यार्थीहरू पनि प्रभावित भएका छन्। एक बिधार्थी ओलिभर क्रोप्लेले भने, “अब म अमेरिकामा पढ्न जान सक्दिन कि जस्तो लागेको छ।”

बिबिसीले जनाए अनुसार २०२३–२४ मा २१० भन्दा बढी देशबाट ११ लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिकी बिश्वबिद्यालय (कलेज)हरूमा भर्ना भएका थिए। उनीहरूबाट प्राप्त उच्च शुल्क विश्वविद्यालयहरूको आम्दानीको प्रमुख स्रोत हो।

तर अहिले अमेरिकी सपना पूरा गर्ने आशा बोकेका विद्यार्थीहरूको भविष्य अनिश्चित बन्दै गएको छ।

प्रतिक्रिया