“पुटिन गम्भीर छन् कि छैनन्, दुई हप्तामा पत्ता लगाउँछु”: ट्रम्पले युक्रेन युद्धबारे चेतावनी दिए

इनेप्लिज २०८२ जेठ १५ गते १८:४३ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको इच्छाशक्तिमा शंका व्यक्त गरेका छन्।

ओभल कार्यलयमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “म तपाईंहरूलाई झण्डै दुई हप्तामा बताउनेछु — पुटिन वास्तवमै शान्ति चाहन्छन् कि चाहदैनन् ।” 

यद्यपि ट्रम्पले रूसविरुद्ध के कदम चाल्न सकिन्छ भन्नेबारे स्पष्ट नबताए पनि उनले हालै प्रयोग गरेको कडा भाषा नै पर्याप्त संकेत भएको बताए। “शब्दहरू आफैं ठूलो कुरा बोल्छन्,” उनले भने।

ट्रम्पले आफूले सत्तामा आएपछि २४ घण्टामा युद्ध सक्ने घोषणा गरे पनि हाल उनले वार्ताको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै नयाँ प्रतिबन्धले सम्झौतामा असर पार्न सक्छ भन्दै सतर्कता देखाएका छन्। “म सम्झौतासँग नजिक छु जस्तो लाग्छ, त्यसलाई बिगार्न चाहन्न,” उनले स्पष्ट पारे।

ट्रम्पले पुनः दोहोर्‍याए र भने रूस “केही गर्न चाहन्छ जस्तो देखिन्छ,” तर त्यसको गम्भीरता अझै अनिश्चित छ।

अबको दुई हप्ताभित्र राष्ट्रपति ट्रम्पको निर्णयले युद्धको दिशा बदल्ने सम्भावना देखिएको छ।

प्रतिक्रिया