अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी अधिकारीहरूलाई लक्षित गर्दै नयाँ नीतिको घोषणा गरेको छ, जसअनुसार अमेरिकामा सुरक्षित अभिव्यक्ति स्वतन्त्रता विरुद्ध विदेशी भूमिमा नियमन (सेन्सर )गरिरहेका व्यक्तिहरूमाथि यात्रा प्रतिबन्ध लगाइनेछ।
अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले बुधबार वक्तव्य जारी गर्दै भने, “हामी अभिव्यक्ति स्वतन्त्रता विरुद्ध गरिएका अन्यायपूर्ण कार्यहरूका विरुद्ध कदम चाल्दैछौं।”
रुबियोका अनुसार यो कदम विशेष गरी ती विदेशी अधिकारीहरू विरुद्ध हुनेछ जसले अमेरिकन मन्चहरुमा गरेका सामाजिक सञ्जाल प्रकाशनका कारण अमेरिकामा बसेका अमेरिकी नागरिक वा स्थायी बासिन्दामाथि पक्राउ पूर्जी जारी गरेका छन् वा धम्की दिएका छन्।
हालका लागि कुनै देश वा अधिकारीको नाम सार्वजनिक नगरिए पनि यो नीति चीन, इरान, वा रुस जस्ता देशका केही अधिकारीहरूलाई लक्षित गर्न सक्ने अनुमान गरिएको छ।
यो कदम अभिव्यक्ति स्वतन्त्रताको पक्षमा ट्रम्प प्रशासनले चालेको आक्रामक विदेशनीति रणनीति मानिएको छ।
प्रतिक्रिया