क्यानडा ५१औं राज्य बन्ने या ६१ बिलियन तिर्ने: ट्रम्पको गोल्डन डोम प्रस्तावले हलचल

इनेप्लिज २०८२ जेठ १५ गते ११:२७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिका प्रस्तावित गोल्डन डोम क्षेप्यास्त्र रक्षा प्रणालीमा सहभागी हुनका लागि ६१ बिलियन डलर तिर्नुपर्ने वा अमेरिकाको ५१औं राज्य बन्नुपर्ने*चेतावनी दिएका छन्।

उनले आफ्नो सामाजिक संजाल ट्रुथ पोष्टमा दाबी गरे, “क्यानडाले हाम्रो शानदार गोल्डन डोम पद्धतिमा सामेल हुन निकै चाहेको छ।” उनले थपे, “यदि क्यानडा हाम्रो ५१औं राज्य बन्छ भने, यो प्रणालीमा सहभागी हुन एक पैसा पनि तिर्नु पर्दैन।”

उनको यो टिप्पणी त्यही दिन आएको हो,जुन बेला बेलायती राजा चाल्र्स तृतीयले क्यानाडाको संसदमा दुर्लभ राजकीय सम्बोधन दिँदै देशको सार्वभौमिकता बलियो बनाउने प्रतिबद्धता जनाएका थिए। ट्रम्पको प्रस्तावले यसै बखतमा हलचल निम्त्याएको छ, जब अमेरिका क्यानडालाई आफ्नो अधीन ल्याउन जोड दिइरहेको देखिन्छ।

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले सिबिएसन्यूजसँगको अन्तर्वार्तामा भने, “हामी अमेरिका निर्भरता घटाउन रिआर्म युरोपमा **जुलाई १भित्र सामेल हुने प्रयासमा छौं।”

हालसम्म क्यानडाले ट्रम्पको पछिल्लो भनाइमा आधिकारिक प्रतिक्रिया दिएको छैन, तर प्रधानमन्त्री कार्नीले यसअघि अमेरिकी रक्षा प्रणालीबारे उच्चस्तरीय वार्ता भएको पुष्टि गरिसकेका छन्।

यसैबीच, चीन, उत्तर कोरिया र रुसले गोल्डन डोम प्रणालीलाई “अन्तरिक्ष हतियार होड” को सुरुवात भन्दै आपत्ति जनाएका छन्।

प्रतिक्रिया