एटलान्टाको वेदिक मन्दिरमा आयोजित भव्य सत्संग तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

इनेप्लिज २०८२ जेठ १५ गते ०:५८ मा प्रकाशित

अमेरिकाको एटलान्ट़ा स्थित ग्रेटर एटलान्ट़ा वेदिक मन्दिरमा भएको कार्यक्रम साँझको करिब ५ बजे सुरु भएर करिब ८ बजे सम्पन्न भयो । यस कार्यक्रम नेपलिज एसोसिएसन अफ जर्जीयाको सहयोगमा विश्व हिन्दु महासंघको आयोजनामा भएको हो ।

बाबा कालिदास मन्दिर प्रवेश गर्न अगाडी पन्चकन्या लगायत जर्जियाबासी र नर्थ क्यारोलाइनाबाट आएका नेपाली , नेपाली भाषी र भारतीय मूलका नागरिकहरुले फुलको गुच्छा , खादा र माल्यापर्ण गरेर स्वागत गरेका थिए ।

बाबा कालिदासले दियोमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । बाबा कालिदासलाई प्रमुख अथितिको ब्याज संस्थाका कार्यकारी सदस्य प्रणय लामाको हातबाट पहिरिएको थियो ।

श्री श्री १००८ बाबा कालिदासजी महाराजको विशेष उपस्थितिमा एक अत्यन्तै भव्य र आध्यात्मिक कार्यक्रम सम्पन्न भएको छ। एटलान्टास्थित वेदिक मन्दिरमा आयोजित यस सत्संग तथा अन्तरक्रिया कार्यक्रममा अमेरिका र आसपासका विभिन्न राज्यहरूबाट उल्लेखनीय संख्यामा हिन्दू धर्मावलम्बी तथा श्रद्धालुहरूको उपस्थिति रहेको थियो।

स्वागत भाषण संस्थाका सल्लाहकार तथा समाजसेवी राजा घलेले गर्नु भएको थियो भने कार्यक्रम संचालन श्रीमती शिक्षा थापाले गर्नु भएको थियो ।

बाबा कालिदासको बारेमा पत्रकार तथा साहित्यकार गीता मैनालीले प्रकाश पार्नुभएको थियो । बाबा कालिदासले आफुले सम्पूर्ण जीवन मानब कल्याणको निम्ति समर्पण गररेको कुरो भन्नुभयो । बाबाले केहि बालबच्चा लगायत सबैको प्रश्नोत्तर गरेर अन्तरक्रिया पनि गर्नुभयो । उहाँका अनुसार धर्म न केवल आध्यात्मिक उन्नति, तर सामाजिक सद्भाव र आत्मिक शान्तिको मार्ग पनि हो।

बाबा कालिदासलाई संस्थाका अध्यक्ष किरण श्रेष्ठले दोसोल्ला ओढाएर र संस्थाका सल्लाहकार राजा घलेले मायाको चिनो स्वरुप र प्लाक प्रदान गरेर सम्मान गर्नुभएको थियो ।

बाबा कालीदासका एक भक्त गीता मैनालीले मिठो कविता बाचन गरेर सम्पूर्ण महानुभाबहरुलाई मन्त्र मुग्ध पार्नु भयो । सम्पूर्ण भक्तजन लाम लागेर एक एक जनालाई भेट गरेर आशिर्वादको साथ साथै तस्बिर लिनु भएको थियो । केही महिलाहरुले बाबालाई अंगालो मारेर भाबविह्वल भएका थिए भने कोही भेट्न पाउदा मात्र पनि हर्षित भएका थिए । बाबाका सहयोगीको रुपमा रबिन भण्डारीको पनि उपस्थित रहेको थियो भने बाबा कालीदासको अमेरिका भरि हुने कार्यक्रममा उनले समन्वय गरि रहेका छन् ।

यस आध्यात्मिक सभाले न केवल सनातन धर्मप्रति जनमानसमा पुनः जागरण ल्याएको छ, समुदायमा नैतिक मूल्य, सहिष्णुता र सेवा भावको भावना पनि बलियो बनाएको सहभागीहरूले बताएका छन्। कार्यक्रममा सहभागी भक्तहरूले आफूले प्राप्त गरेको आत्मिक अनुभव साझा गर्दै यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर गरिनु पर्ने अभिव्यक्ति दिएका थिए।

अन्तमा विश्व हिन्दु महासंघ अमेरिकाका अध्यक्ष किरण श्रेष्ठले सबै आगन्तुकहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषणा गर्नु भयो ।

प्रतिक्रिया