“पुटिन आगोसँग खेल्दैछन् ” – राष्ट्रपति ट्रम्पको सामाजिक सञ्जालमा कडा चेतावनी

इनेप्लिज २०८२ जेठ १४ गते २२:२१ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति आफ्नो आलोचना तीव्र बनाएका छन्। मंगलवार आफ्नो सामाजिक संजाल ट्रुथ सोशलमा प्रकाशन गर्दै ट्रम्पले पुटिनलाई स्पष्ट चेतावनी दिएका छन्।

ट्रम्पले लेखे, “पुटिनले बुझ्न सकेका छैनन् कि म नभएको भए रूसमा धेरै नराम्रो कुराहरू भइसकेका हुने थिए – र ,मेरो मतलब साँच्चै धेरै नराम्रो !”

उनले अगाडि लेखे, “उनि आगोसँग खेलि रहेका छन् !”

यो प्रकाशन ट्रम्पले पुटिनप्रति दिएको सबैभन्दा कडा सार्वजनिक प्रतिक्रिया मानिएको छ। यद्यपि उनले विशेष घटनाको नाम भने उल्लेख गरेका छैनन्, तर सन्देशमा उनले रूसको सुरक्षामा आफूले विगतमा खेलेको भूमिका संकेत गरेका छन्।

ट्रम्पले यस अघि विभिन्न सन्दर्भमा पुटिनसँगको राम्रो सम्बन्धको चर्चा गरेका थिए। तर हालको टिप्पणीले उनीबीचको सम्बन्धमा चिसोपन देखिएको अनुमान लगाइएको छ।

क्रेमलिनले भने अहिलेसम्म ट्रम्पको उक्त प्रकाशनमा औपचारिक प्रतिक्रिया दिएको छैन। आगामी अमेरिकी चुनावलाई ध्यानमा राख्दै ट्रम्प अन्तर्राष्ट्रिय मामिलामा आफ्नो दबदबा पुनः देखाउन चाहिरहेका छन्,विश्लेषकहरू भन्छन् ।

प्रतिक्रिया